आजको मिती : २०७४ असोज ७ शनिबार

समय :०६:०६

Logo

खेलकुद

Image

चौथो माझकोट पिरुङ्ग कृषि , खेलकुद तथा साँस्कृतिक दशैँ मेला २०७४ हुने

भाद्र २३ ,दुलेगौँडा
शिव आले मगर -

"आधुनिक कृषि र पशुपालन आर्थिक समृद्दि एंव ग्रामिण विकासको पृर्वाधार , चौथो माझकोट पिरुङ्ग कृषि , खेलकुद तथा साँस्कृतिक दशैँ मेला हाम्रो सँस्कृतिक संरक्षणण को मुल आधार " भने मुल उदेश्य सहित भिमाद नगरपालिका ४ मा रहेको श्री पिरुङ्ग युनिटी युथ स्र्पोट क्लब ले नेपाली हरुको महान पर्व विजया दशमी को पावन अवसरमा यही असोज ८ गते देखि १३ गते सम्म  चौथो माझकोट पिरुङ्ग कृषि , खेलकुद तथा साँस्कृतिक दशैँ मेला २०७४ हुने  भएको छ । सो अवसरमा शुद्द गाउँ तथा टोल स्तरीय पुरुष भलिबल प्रतियोगीता को साथमा खुल्ला नुत्य प्रतियोगीता पनि हुनेछ । भलिबल प्रतियोगीता तर्फ प्रथम र द्दितीय हुने टीमले क्रमशं नगद ४० हजार , २५ हजार सहित ट्रफी, मेडलको साथमा प्रमाण पत्र प्राप्त गर्ने छन्  भने तृतिय र सान्त्वना हुनेले क्रमशं १२ हजार ४ हजार को साथमा प्रमाण पत्र प्राप्त गर्ने छन् ।यस्तै दर्ता शुल्क भने ३ हजार ५ सय रुपैयाँ लाग्ने बताइएको छ । खुल्ला नुत्य प्रतियोगीता  तर्फ प्रथम र द्दितीय हुने ले क्रमशं नगद १० हजार ,४ हजार सहित  प्रमाण पत्र प्राप्त गर्ने छन् साथै दर्ता  शुल्क ५ सय रुपैया लाग्नेछ । पर्यटकिय रुपमा समेत सम्भावित पिरुङ्ग मा पञ्चे बाजा , छेलो हनाई ,रिङ्ग हनाई को साथमा राष्ट्रिय रुपमा ख्याती प्राप्त कलाकारहरुको दमदार प्रस्तुती रहने आयोजकले  जानकारी दिएको छ । विशेषत श्री पिरुङ्ग युनिटी युथ स्र्पोट क्लब ले  स्थापना काल देखि ग्रामीण क्षेत्रमा उत्पादन भएको कृषिजन्य वस्तुको व्यापारीकाण देखि भलिबल तथा विविध साँस्कृतिक कार्यक्रम गरी खेल क्षेत्र र ग्रामीण क्षेत्रको बिकासको लागि अतुलनिय भुमिका खैल्दै आएको छ ।