आजको मिती : २०७४ मङ्सिर ८ शुक्रबार

समय :०७:४५

Logo

स्थानीय

Image

वडा अध्यक्ष रेग्मीको सय दिन !


भाद्र ,दुलेगौँडा- 
पदभार ग्रहण गरेको सय दिन पुगेको अवसरमा शुक्लागण्डकी नगरपालिका वडा नं- ८ का वडा अध्यक्ष कृष्ण प्रसाद रेग्मीले मंगलबार आफ्ना कार्य उपलब्धीहरु सार्वजनिक गर्नु भएको छ ।
वडा कार्यालय ढोरफिर्दीमा आयोजित प्रगति समिक्षा तथा सार्वजनिक कार्यक्रममा वडा अध्यक्ष रेग्मीले आफुले वडा अध्यक्षको जिम्मेवारी सम्हालेपछि शुरु गरेका महत्वपुर्ण ७ वटा कार्य तथा वडाको विकासका लागी १६ वटा दीर्घकालिन योजनाहरु प्रस्तुत गर्नु भएको हो । उहाँले सो क्रममा स्थानिय तहका जनप्रतिनिधीहरुले सम्पुर्ण अधिकार पाइनसकेको अवस्था तथा कर्मचारी अभावका कारण सोचे अनुरुप काम हुन नसकेको बताउनु भयो । 
उहाँले वडामा आफुले सय दिनमा अनलाइन घट्ना दर्ता, एकिकृत सम्पत्तिकर वडामा नै संकलन गर्ने व्यवस्था ,सामाजिक सुरक्षा भत्ता वडा कार्यालय बाट नै वितरण गर्ने व्यवस्था ,उद्योग तथा व्यवसायहरुलाई करको दायारामा ल्याउने प्रक्रिया अगाडी बढाएको ,माथिल्लो किमल डाँडामा खानेपानी योजना सम्पन्न गरेको, १८ बर्ष मुनिकालाई सुर्ती तथा मदिराजन्य पदार्थ खरिद विक्रीमा रोक लगाएको र खानेपानीको समस्या समाधानका लागी चरणवद्ध रुपमा छलफल अगाडी बढाएको जस्ता महत्वपुर्ण कामहरु भएको बताउनु भयो । 
उहाले सुर्ती तथा मदिरजन्य पदार्थ विक्रि वितरण गरे नगरेको जिल्ला समन्वयन समितीसंग सहकार्य गरेर अनुगमन गर्ने र विक्रि वितरण गरेको भेटेमा वडा कार्यालयबाट गर्नु पर्ने सिफारिसहरु १ बर्षसम्म रोक्का गर्ने समेत बताउनु भयो । साथै दशैँ अगाडी नै फोहोरमैला व्यवस्थापनका लागी बजार क्षेत्रमा फोहोरका ट्याक्टर संचालन गर्ने उहाँको भनाई छ । 
दिर्घकालिन योजना अन्र्तगत उहाँले आगामी तीन बर्ष भित्र ढोरबाराही मन्दिरसम्म जाने बाटो कालो पत्रे गर्ने बताउनु भएको छ । त्यस्तै वडालाई महिला हिसां मुक्त घोषणा गर्ने , ग्रामिण सडकहरुको स्तोरन्नती गर्ने, सार्वजनिक जग्गाहरुको संरक्षण ,अव्यवस्थित बसोवासको समधानका लागी नगरपालिका तथा सरकारलाई दबाबमुलक कार्यक्रम गर्ने , कृषि उत्पादनको केन्द्र बनाउने लगायतका योजनाहरु बनाएको र वडावासी तथा सम्बन्धित निकायसंग समन्वय गरी कार्यान्वयनमा लागी पर्ने  बताउनु भएको छ।    
सो अवसरमा जिल्ला समन्वय समिति तनहुँकी सदस्य सरस्वती गौतमले हरेक स्थानिय तहमा कर्मचारी अभाव रहेको उल्लेख गर्दै स्थानिय तह अधिकार सम्पन्न भइ नसकेको अवस्थामा पनि ८ नं वडाले धेरै राम्रो काम गरि सकेको  बताउनु भयो । 
कार्यक्रममा सहभागी वडावासीहरुले अहिले प्रतिक्रिया जनाउने गरी काम नभएको र ठेक्का दिदाँ योजनाहरु अलपत्र पर्ने भएकाले उपभोक्ता वा नगरपालिका आफैले जिम्मा लिएर काम गर्न, विकास निर्माणका काम पारदशी तथा जवाफदेही भएर गर्न , बजार अनुगमनलाई तीव्रता दिन ,फोहोर व्यवस्थापनका लागी डम्पिङ साइडको व्यवस्था गर्न, लागु पदार्थ दुव्र्यसनी नियन्त्रण गर्न ,पटके कर हटाउन तथा व्यवस्थित गर्न ,सार्वजनिक जग्गाको संरक्षण गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस शुक्लागण्डकीका नगर सभापति माधव भट्टराई ,शुक्लागण्डकी वडा नं ९ का वडा अध्यक्ष लोक नारायण श्रेष्ठ ,१० का वडा अध्यक्ष रामचन्द्र भण्डारी ,इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र अधिकारी ,स्थानिय समाजसेवी इन्द्र प्रसाद भट्टराई ,वडा सदस्य रोम बहादुर सिं ठकुरी ,वडा सचिव चन्द्र प्रसाद भण्डारी लगायतले बोल्नु भएको थियो ।
सोहि अवसरमा गत बैशाख १० गते वडालाई वातावरणमैत्री घोषणा गरिएको र वडाको लागी आएको वातावरणमैत्री पहिचान गरिएको प्लेट टोल विकास संस्थाका प्रतिनिधीहरुलाई वितरण गरिएको थियो ।