आजको मिती : २०७४ पौष २ आइतबार

समय :११:०६

Logo

मनोरञ्जन

Image

शनिबार पोखरामा चलचित्र मुर्बै मुसारको भिआइपी शो हुने

राज कुमार आले/असोज ०६ ,तनहुँ - 

गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र मुर्बै मुसारा (आकाशको तारा)को पोखरामा शनिबार भिआइपी शो हुने भएको छ । पोखरास्थित भामरकोट पार्टी प्यालेसमा अपराह्न्न साढे चार बजे चलचित्रको प्रदर्शन गरिने भएको हो । यस अघि तनहुँको खैरेनीटारमा पहिलो पटक चलचित्रको प्रिमियर शो गरिएको थियो । गुरुङ जाति, परम्परा र संस्कृतिमा आधारित चलचित्र मुर्बै मुसाराले सामाजिक कथावस्तु बोकेको छ । लम्जुङको इलाम पोखरी ,भोटे ओडार ,पर्वत जिल्लाको भुक्का ताङले र पोखराको सुन्दर ठाँउहरुमा चलचित्रमा को छायाँकन गरिएको छ । पच्चिस लाखको लगानीमा निमार्ण गरिएको फिल्ममा ‘ म त तमुस्यो ,मुर्बै मुसारा ,सुपारी खान्न भन्थ्यौ ,लगायतका चार वटा गीतहरु समावेश गरिएको छ । चार गीत मध्ये दुई नेपाली भाषामा र दुइ वटा गुरुङ भाषामा तयार पारिएको छ  । सुपारी खान्न भन्थ्यौ,सोल्टीले दिएको गीतले चर्चा पनि पाइरहेको छ ।  

कृष्ण कुमार गुरुङद्धारा लेखन तथा निर्देशित फिल्म भकारी फिल्मस् प्रोडोक्शनमा बनेको हो । चलचित्रमा कुशल गुरुङ ,सपना गुरुङ ,डि.वी गुरुङ , युवराज गुरुङ ,राम बहादुर गुरुङ , कुमारी गुरुङ ,अमन गुरुङ ,बेली गुरुङ लगायतका कलाकारहरुको मुख्य भुमिका छ । चलचित्रमा लवशन गुरुङ,अमन गुरुङ र पवित्रा गुरुङको कोरियोग्राफी ,सन्तोष सारु मगरको द्धन्द्ध ,कृष्ण कुमार गुरुङको संगीत र प्रकाश गुरुङले छायाँङ्कन गरेका छन् । चलचित्रलाई राम गुरुङ ,युवराज गुरुङ ,कुशाङ् गुरुङ र नर बहादुर गुरुङ (एन बि)ले निमार्ण गरेका हुन् ।   
चलचित्रमा नायक गुरुङ गाठालोको भुमिकामा देखिएका छन् भने नायिका सपना गुरुङलाई सम्पन्न परिवारको छोरीको भुमिकामा देख्न सकिन्छ । चलचित्रमा एउटा गोठालो र धनी बाउकी छोरीकोबीचको प्रेम कथालाई मुख्य विषयवस्तु बनाइएको छ भने चलचित्रमा कमेडी र एक्सन पार्टहरु पनि छन् । समग्रमा चलचित्रले सामाजिक सन्देश बोकेको नायक कुशल गुरुङले बताए । यस अघि जुनी जुनी ,लम्फु जस्ता चलचित्रमा अभिनय गरिसकेका नायक गुरुङले भने  “मेहनत गरेको छु , फिल्मले दर्शकको मन जित्नेमा आशावादी  छु ।"
चलचित्रले तनहुँको खेरैनीटारमा दर्शकको राम्रो साथ र माया पाएको थियो । दर्शकले चलचित्र पनि राम्रो बनेको प्रतिक्रिया दिएका थिए । दर्शकको सकारात्मक प्रतिक्रिया र साथले चलचित्र युनिट उत्साहित बनेको छ ।पोखरामा हुन लागेको शोमा पनि दर्शकको राम्रो साथ पाउनेमा चिलचित्र युनिट आशावादी देखिएको छ ।

काठमाडौँ ,लमजुङ ,चितवन  ,बुटवल ,कुस्मा ,नेपालगन्ज लगायत देशका विभिन्न भागहरुमा प्रदर्शन हुने चलचित्र यु।के , हङकङ ,बेल्जियम ,दुबई ,कतार अमेरिकामा समेत प्रदर्शन  हुने भएको छ । आउँदो सेप्टेम्बर १७ तारिखमा यु.केको एम्पाएर हलमा चलचित्रको विशेष शो हुने भएको छ भने हङकङमा पनि सेप्टेमबर भित्रै प्रदशर्न गर्ने गरी तयारी गरिएको चलचित्र युनिटले जनाएको छ ।