आजको मिती : २०७४ पौष २ आइतबार

समय :११:०७

Logo

खेलकुद

Image

सीम्ले मा भलिबल प्रतियोगीता सुरु ,उद्घाटन खेलमा थामडाँडा विजय

शुभ विजया दशमी तथा दीपावलीको  अवसरमा भिमाद ८ सीम्ले मा रहेको नव प्रभात युवा क्लबले आयोजना गरेको साविक गाँउ तथा वडा स्तरीय पुरुष भलिबल प्रतियोगीता आज देखि सुरु भएको छ ।
प्रतियोगीताको युवा तथा खेलकुद बिकास समिती वडा नं  ८ का अध्क्षय अनुप श्रेष्ठले उद्घाटन गर्नु भएको थियो ।
आज भएको उद्घाटन खेलमा राङ्गरुङ्ग युवा समुह बी लाई २- १  को सेटमा हराउँदै थामडाँडा युवा क्लब दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगीतामा २५ टीमको सहभागीता रहेको र प्रथम , द्दितीय र तुतिय हुने टीमले क्मश ३० हजार ,२० हजार ,१० हजारको साथमा मेडल प्रमाण पत्र प्राप्त गर्न खेल संयोजक भेष ब. भुजेलले जानकारी दीनुभयो । 
यही असोज २९ गते समापन को दीन भलिबल प्रतियोगीता फाइनल खेल सँगै स्थानिय तथा राष्ट्रिय कलाकार को साथमा बेजोड सांगीतिक प्रस्तुति रहने क्लबका अध्क्षय हरी कुमाल ले बताउनु भयो ।