आजको मिती : २०७४ पौष २ आइतबार

समय :११:०८

Logo

खेलकुद

Image

खैरेनीटारमा जारी सेभेन ए साइड  फुटबल प्रतियोगीतामा ६  खेल सम्पन्न

असोज २८, दुलेगौँडा- तनहुँको खैरेनीटारमा जारी सेभेन ए साइड  फुटबल प्रतियोगीतामा शनिबार ६  खेल सम्पन्न भएका छन् । खैरेनी युवा क्लबको आयोजनामा शुक्रबार देखि शुरु भएको प्रतियोगीताको शुक्लागण्डकी नगरपालिका वडा नं -६ का वडाध्यक्ष कृष्ण बहादुर पौडेलले उद्घाटन गरेका थिए । दोस्रो दिन शनिबार खैरेनीटार भेट्रान र टुडा फुटबल क्लब बिच भएको पहिलो खेलमा खैरेनीटार भेट्रान  २-० ले गोल अन्तरले विजयी भएको छ ।  खेलमा खैरेनीटार भेट्रानका  गोलकिपर मणि पौडेल म्यान अफ द म्याच घोषित भए । दोस्रो खेलमा भ्याली युथ क्लब,घारी र डि.जि. युनाईटेड दुलेगौंडा बिचको खेल  १-१ को बराबरीमा रोकिएपछी   पेनाल्टी सुट आउटमा भ्याली युथ क्लब ४-३ गोलअन्तरले विजयी भएको छ, भने भ्याली युथ क्लबका सुशील गुरुङ म्यान अफ द म्याच घोषित भएका थिए । काहुँ मिलन युवा क्लब, झापुटार र गनर्स युवा क्लब खैरेनीटारबीच भएको तेस्रो खेलमा  काहुँ मिलन झापुटार २-१ ले विजयी भएको छ ,भने काहु मिलनका कल्पित ठकुरी म्यान अफ द म्याच घोषित भए । चौथो खेल, गार्डेन फुटबल क्लब खैरेनीटार र नवज्योती युवा क्लब, गैह्राबीचको खेल गोल रहित बराबरीमा रोकिएपछि पेनाल्टी सुट आउटबाट  खेलको टुङ्गे लगाइएको थियो । पेनाल्टीमा ३-२ ले गार्डेन फुट्बल क्लब विजयी भएको छ भने गार्डेनका अनिस भुजेल म्यान अफ द म्याच घोषित भए। पाचौ खेलमा नव युनाईटेड युवा क्लब क्लब विजयी भएको छ । खेलमा १-१ को बराबरी भएपछि नव युनाईटेडले राजन मेमोरियल पोखरालाई  पेनाल्टी सुट आउटमा ४-३ गोल अन्तरले हराएको हो । खेलमा नव युनाईटेडका गोलकिपर सन्दिप श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका थिए ।त्यस्तै खैरेनी युवा क्लब र फिर्दी युनाईटेड युवा क्लबबीच भएको छैठो खेलमा ३-२ गोलअन्तरले खैरेनी युवा क्लब विजयी भएको छ । खेलमा खैरेनी युवा क्लबका सुमन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । प्रतिया्गीता अन्र्तगत आइतबार विहान ७ बजे पहिलो खेलमा खैरेनी भेट्रान खैरेनीटार र बेलचौतारा युवा क्लब र दोस्रो खेलमा अपरान्ह् ४ बजे नव युनाइटेड फुटबल क्लब द्य र भ्याली युवा क्लब घारी बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पहिलो हुनेले ६० हजार र दोस्रोले ३५ हजारसँगै शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने क्लव अध्यक्ष सुजित हिराचनले जानकारी दिए । यस्तै उत्कृष्ट टिमलाई ३ हजार र अनुशाशित समुहलाई नगद ५ हजार रुपैयाको प्रदान गरिने छ । साथै सर्वाधीक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार र प्रमाणको व्यवस्था गरिएको छ । तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाईको प्रवद्र्धनमा भएको प्रतियोगीता कार्तिक १ गतेसम्म सञ्चालन हुने छ भने प्रतियोगितामा १६ समुहको सहभागिता रहेको छ ।