आजको मिती : २०७४ पौष २ आइतबार

समय :११:०७

Logo

खेलकुद

Image

भागर युवा क्लबको तेस्रो अधिवेशन सम्पन्न , अध्यक्षमा आले सर्वसम्मत चयन

असोज २९, दुलेगौँडा
भागर युवा क्लबको तेस्रो अधिवेशन आइतबार भागर मगर समाज हलमा सम्पन्न भएको छ । अधिवेशनले तिल बहादुर आलेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ। समितिको उपाध्यक्षमा राजेन्द्र आले , सचिवमा सन्तोष थापा, कोषाध्यक्षमा अस्मिता थापा , सह सचिव मा प्रेम बहादुर आले चयन भएका छन् भने सदस्यहरुमा  पुर्ण बहादुर थापा , पुनम कुमाल , कल्पना थापा , सुमन सुनार सदस्य रहने गरी दुई बर्षे कार्यकालको समिति गठन गरिएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि भिमाद नगरपालिका वडा नं ८ का वडा सदस्य ज्ञान बहाद’र आलेले अघिल्लो समितिले गरेको राम्रो कामलाई अनुसरण गदै अगाडी बढ्नु पर्नै बताए । साथै उनले क्लबलाई राजतीतिक थलो बनाउन नहुने भन्दै अग्रजहरुको सल्लाह सुझाव लाई मनन् गदै अगाडी बढ्न सुझाव दिए ।कार्यक्रममा त्रिवेणी टोल विकास संस्थाका अध्यक्ष प्रेम बहादुर थापा , भागर मगर समाजका अध्यक्षय भिम बहादुर आले , नेकपा एमाले भिमाद ८ का संयोजक मोहन बहादुर थापा लगायतले समाजमा हुने हरेक कार्यमा सक्रिय रुपमा संलग्न भई रचानात्मक कार्य गर्न सुझाएका थिए । क्लबका निर्वतमान अध्यक्ष शिव आले मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अजुर्न आलले गरेका थिए ।