आजको मिती : २०७४ पौष २ आइतबार

समय :११:०६

Logo

अर्थ

Image

तनहुको म्याग्दे गाउंपालिका देखि शुक्लगन्डकी नगरपालिका सम्म पदमार्ग अवलोकन , मनपाङ्गमा होमस्टेको राम्रो संभाबना ।।


सृजना राना, कार्तिक १३ , दुलेगौंडा 

तनहुको म्याग्दे गाउंपालिका देखि शुक्लगन्डकी नगरपालिका सम्मको १० किलोमिटर लामो पदमार्ग अवलोकन कार्य सम्पन्न भएको छ । शुक्लागण्डकी नगरपालीका वडा न ३ का वडा अध्यक्ष राम कुमार श्रेष्ठको अग्रसरता र पथप्रदसक राजकुमार श्रेष्ठको सकृयतामा सो कार्य सम्पन्न भएको हो । आफु जनप्रनिधि भएका कारणले समिति आफ्नो मात्र क्षेत्र नभनेर जनताको स्तर बृद्धीको लागी म्याग्दे गाउपालीकाको महत्व बोकेको ऐतीहासीक स्थलको बिकास गर्न चाहेको बताउनु भयो । स्थानिय सरकारको रुपमा रहेको सुक्लागण्डकी नगरपालीकाले समृद्द शुक्लागण्डकी बनाउनको लागी त्यस्ता महत्व बोकेको ठाउको पहिचान गरी गाउको बिकास गर्न तर्फ लागे नारामा मात्र सिमित नभई यर्थाथमा समृद्ध शुक्लागण्डकी बन्न सक्ने शुक्लागण्डकी नगरपालीकाकी प्रसासकीय अधिकृत हिमा पोखरेलले बताउनु भयो ।्पदयात्राको लागी शुक्लागण्डकी नगरपालीका वडा न ८ सेरा देसी सुरु गरी म्याग्दे गाउ पालीका वडा न ६ केउराङ्ग हुदै मनपाङ्ग , रामकोट , कालीमर्याङ्ग पुगी दगामलाई अन्तीम बासस्थान बनाई त्याहा देही शुर्यदय र शुर्यअस्त हेर्न  सकिने पथ प्रर्दशक दिबस श्रेष्ठले बताउनु भयो ।

 मनपाङ्गको डाडामा रहेको कोट दरबार, गुफा को साथै मगर र गुरुङ्ग समुदायको मोलीक सस्कृतीक प्रस्तुतीका साथमा स्थानिय खानाका परिकारको मज्जा लिदै मनोरम हिम श्रृंङ्गखला देख्न सकिने हुदा मनपाङ्ग गाउलाई होम स्टेको रुपमा बिकास गर्न सके  पर्यटकको लागी राम्रो गनतब्य हुने सम्भाबना प्रबल रहेको छ ।

मनपाङ्ग मात्रै होईन धार्मिक दृष्टिले महत्य राखेको रामकोट गाउको पनि उतिकै महत्व रहेको छ । उक्त गाउमा भगवान रामले १४ बर्ष बनबासको समयमा पानि खानको लागी खोपेको कुवा रहेको छ उक्त कुवाको पानीले राम नवमीको बेलामा स्नान गरे पाप नास हुने किंबदन्ती रहेको बताउनु हुन्छ स्थानिय ७९ बर्षिया 

तिन खोले देबी को दर्शन गर्न आउने भक्तजनहरुको लागी बास बसाउन तथा घुम्न आउने पर्यटकहरुको लागी आफुहरुले गाउमा होम स्टे संचालन गर्न चाहेको तर संचालको लागी सबै स्थानिय बासिन्दा सक्षम नभएको हुदा आमा समुहको भबन निर्माण गर्नको लागी सम्बधित निकायले सहयोग गर्दिय सजिलो हुने र पछि परेका ब्यक्ति हरुको स्तर उन्नती हुने बताउनु हुन्छ शुक्लागण्डकी ६ ब्याग्यानको स्थानिय बासिन्दा तथा तिन खोले देबी आमा समुहको सचिब भक्त कुमारी थापा मगर पदयात्रा अबलोकानको क्रममा आफुले त्याहाको स्थानिय बासीन्दाको स्वागत सत्कार , धार्मिक तथा एतीहासीक ठाउहरु देखी निकै प्रभाबित भएको कारणले गर्दा पर्यटन को लागी निकै सम्भाबना रहेको बताउनु हुन्छ वडा न ५ का वडा अध्यक्ष दिर्घ ब थापा l गाउ घरको  बिकासको लागी अब स्थानिय बासिन्दाको साथमा बिभिन्न राजनितिक दलका प्रतिनिधि संचार कर्मि पनि एक जुट भएर लाग्नु पर्ने बताउनु हुन्छ समाजसेबी दुर्गा कुमार श्रेष्ठ l यति बेला गाउ घर का बासिन्दा गाउ नै सुन्य पारी सहर झर्नै क्रमलाई रोक्नको लागी पर्यटन प्रबधनमा जोड दिई  गाउको बिकास गर्न सक्ने हो भने रोकीने सम्भाबना धेरै रहेको छ । 

यति बेला नेपालको बिभिन्न ग्रामिण क्षेत्रमा पदमार्ग तथा होमस्टे संचालन गरी पर्यटन प्रबधन गर्दा त्याहाका स्थानिय बासिन्दा स्वरोजगार भएका छन् । जसको कारणले गर्दा घरमै बसी बसी स्थानियले आर्थिक स्थिती निकै सुधार गरेका छन् । हाम्रो तनहुको शुक्लागण्डकी नगरपालीका र म्याग्दे गाउपालीकामा पनी पर्यटनको सम्भाबना बोकेको त्यस्ता धेरै स्थान हरु रहेका छन् जसको प्रबधन गर्न सके त्याहाको स्थानिय बासीन्दाको जिबन स्तरै उकासीने l