आजको मिती : २०७४ पौष २ आइतबार

समय :११:०८

Logo

स्थानीय

Image

जनताको काम गर्न सफल हुनुस् भन्दै प्रतिष्पर्धी सिग्देललाई उम्मेदवार भण्डारीले शुभकामना दिए


राज कुमार आले
दुलेगौँडा ।
तनहुँ क्षेत्र नं २ को प्रतिनिधि सभाका उम्मेदवार एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले अहिलेको चुनाव लोकतन्त्र जोगाउने कि एकदलिय शासन पद्धती रोज्ने भन्नेमा दुई पक्ष देखिएकाले लोकतन्त्रको रक्षाका लागि काँग्रेसलाई जिताउनु पर्ने बताए । आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको चुनावी अभियान अन्र्तगत शनिबार शुक्लागण्डकी ४ दुलेगौँडामा आयोजित चुनावी सभामा बोल्दै नेता भण्डारीले प्रदेश नं ४ को सरकार नेपाली काँग्रेसको बन्ने सुनिश्चित भइसकेको दाबी गर्दै मुख्यमन्त्री पनि तनहुँ भित्रैबाटै हुने उल्लेख गरे ।

वामपन्थीहरुले आफुलाई पर्यटक उम्मेदवारको संज्ञा दिएकोप्रति जवाफ दिदै भण्डारीले चुनावै नलडेको मान्छे मन्त्री भइसकेका व्यक्तिसंग प्रतिष्पर्धा गर्नु परेकाले अत्तालिएर त्यसो भन्न पुगेको बताए । आफु तनहुँकै छोरो भएको र मन्त्री हुदाँ पनि सम्रग तनहुँको विकासमा लागि परेको बताए ।उनले भने बाम गठबन्धनका नेता माधव कुमार नेपाल  रौतहटका हुन् उनि काठमाडौंको उम्मेद्धवार बनेका छन् । म त तनहुँको मान्छे,तनहुकै जन्मे ,यहिको माटोमा हुर्के , तनहुँकै अर्को क्षेत्रमा उम्मेद्धवार बन्दा कसरी टुरिष्ट हुन्छु ?

उनले बामपन्थीहरुलाई जालझेल र झुटको खेति नगरी लोकतान्त्रिक पद्धतीबाट इमान्दर भएर चुनावी प्रतिष्पर्धामा आउन आग्रह गरे । भण्डारीले प्रतिष्पर्धी बाम गठबन्धनका उम्मेदवार केदार सिग्देललाई जनताको काम गर्न सफल हुनुस् भनी शुभकामना दिदैँ चुनाव लड्न आफु यहाँ आएको तर आफ्नो स्थानमा आउन सिग्देललाई अझै १० बर्ष लाग्ने बताउदै दुष्साहस नगर्न आग्रह गरे । उनले भने "केदार जि १ इमान्दार साथ लाग्नुस् ,मेहनत गर्नुस् ,सम्पुर्ण जनताको लागि काम गर्न सफल हुनुस् ,मेरो हार्दिक शुभकामना छ । ढोरबाराही मातासंग प्रार्थना छ । तर ,दुष्साहस नगर्नुस् ,जनतालाई जालझेल नगर्नुस् ।"आज प्रतिनिधि सभाको चुनाव लड्नका लागि यहाँ छु, मेरो ठाँउमा आउन तपाइलार्ई अझै १० बर्ष लाग्छ । झोला बोकेर होइन ,मेहनत गर्नुस् । तपाईलाई शुभकामना छ ।"

 


प्रदेश सभा १ का उम्मेदवार प्रदिप पौडेलले यस क्षेत्र सवै पक्षबाट सम्भावनायुक्त भएकाले बेरोजगारी हटाई विदेशीनु पर्ने बाध्यताको अन्त्य गर्ने बताए ।उनले यहाँको सडक ,स्वास्थ्य ,खानेपानी , पुल कुलेसा लगायत समस्याहरुको समाधानतर्फ केन्द्रित हुने बताउदै लामो समय देखि बसोबास गर्दै आएको निस्सा र प्रमाणपत्र भएकाहरुलाई लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।उनले विकासको मुद्धा लिएर राजनीतिमा प्रतिष्पर्धा गर्न चाहेको उल्लेख गर्दै नेपालको विकास एवं समृद्धिका निम्ति र लोकतन्त्रको संरक्षण गर्न नेपाली काँग्रेसलाई भोट गर्न आग्रह गरे ।

 


शुक्लागण्डकी वडा नं- ४ का वडा अध्यक्ष शिव कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा समानुपातिक उम्मेदवार श्याम कृष्ण मल्ल ,महाधिवेशन प्रतिनिधि कृष्णराज पण्डित ,महिला वडा सदस्य रोजिना खातुन लगायतले बोलेका थिए । शनिबार नै शुक्लागण्डकी स्थित एकान्तकुना ,बेलचौतारा,नर्सरी र कोत्रेमा समेत चुनावी प्रचार प्रसार सभा सम्पन्न गरेको थियो । सोहि अवसरमा सन्तोष श्रेष्ठको नेतृत्वमा दुलेगौँडाबाट विष्णु बहादुर गुरुङ ,बिरु बि।क ,गणेश थापा ,सुनिल श्रेष्ठ ,रोशन थापा लगायत ३३ जना सहित अन्य विभिन्न स्थानबाट दुई सय जना युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।आइतबार शुक्लागण्डकी वडा नं -११ र १२ का विभिन्न स्थानहरुमा घरदैलो कार्यक्रम गर्ने काँग्रेसले जनाएको छ ।