आजको मिती : २०७४ पौष २ आइतबार

समय :११:०३

Logo

स्थानीय

Image

मृगौला पिडित थापालाई करिब साढे २ लाख सहयोग


दुलेगौँडा ।
तनहुँको म्याग्दे गाँपालिकास्थित सर्बालाङ्ग घर भई हाल शुक्लागण्डकी वडा नं ५ ,बेलचौतरा चिल्लेचौर बस्दै आएकी मृगौला पिडित उमा कुमारी थापालाई विभिन्न संघ संस्था एवं व्यक्तिहरुको पहलमा संकलन भएको  रकम हस्तान्तरण गरिएको छ । सर्बालाङ्ग घर भई हाल विभिन्न देशमा कार्यरत गाँउलेहरुले थापाको जीवन रक्षाका लागि सहयोग रकम संकलन अभियान चलाएका थिए । सहयोग अभियानद्धारा संकलित २ लाख २७ हजार ४ सय ४८ रुपैयाँ एकमुष्ट हस्तान्तरण गरिएको छ । 

पिडित थापाको उपाचारको लागि आवश्यक रकम जुटाउन दुबईमा कार्यरत सर्बालाङ्गका मोतिलाल राना मगर र मगर संघ दुबईको पहलमा ८२ हजार रुपैयाँ संकलन गरिएको थियो । कतारमा कार्यरत सिर्जन थापा मगर ,तारापति थापा र राम बहादुर थापाको पहलबाट  ५७ हजार ५ सय रुपैयाँ ,सोहि ठाँउ निवासी कुवेतमा कार्यरत थमन बहादुर सारुले व्यक्तिगत ६ हजार ५ सय ७ रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै साउदीमा कार्यरत शुक्लागण्डकी ५ सिलाङघाँरीका पदम बहादुर रानाको पहलमा ४० हजार रुपैयाँ ,  शुक्लागण्डकी ५ चिल्लेचौर आमा समुहले देउसी भैलोबाट संकलन भएको २१ हजार १ सय ३० रुपैयाँ र चिल्लेचौर युवा क्लबले पनि देसीभैलोबाट संकलन गरिएको २० हजार १ सय ११ रुपैयाँ गरी संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरिएको थियो ।  गत फागुनमा दुवै मृगौलामा खराबी देखिएपछि पिडित थापाले हप्तामा दुई पटक तनहुँस्थित दमौलीमा डायोलोसिस गर्दै आएकी छिन् ।

 

थापाको मृगौला प्रत्यारोपण र त्यसपछिको औषधी उपचारको लागि करिब १४/n१५ लाख लाग्ने डाक्टरले भनेको थापाको हेरचाहा गर्दै आएका छिमेकी शम्भु रानाले बताए । हाल थापाको नेपाल बैँक लिमिटेडको खाता र बैँक अफ काठमाण्डौँको खाता नं मा करिब ९ लाखको हाराहारीमा रकम जम्मा भएको उनले जानकारी दिए ।  पिडित थापालाई डाक्टरले सक्दो छिटो मृगौला प्रत्यारोपण गर्न सुझाव दिएका छन् । डायालोसिस निशुल्क भए पनि औषधी र रगत किन्नु पर्ने हुदाँ मासिक २० हजारको हाराहारीमा खर्च हुने गरेको उनलेले बताइन् । मृगौला प्रत्यारोपणका लागि अझै पैसा जुटाउनु पर्ने भएको हुदाँ  आम्दानीको अन्य आय श्रोत नभएकाले पनि सहयोगका लागि उनले सवैसंग अपिल गरेकी छिन् ।