आजको मिती : २०७४ पौष २ आइतबार

समय :११:१०

Logo

स्थानीय

Image

शुक्लागण्डकीमा बुधबार नै भयो मतदान

मंसिर १३ , दुलेगौडा 

शुक्लागण्डकी नगरपालिकामा यहाँ स्थानियहरुले बुधबार नै मतदान गरेका छन् । निर्वाचन कार्यालय मतदाताहरुबाट मतदान गर्दा हुने बदर मतलाई न्यूनिकरण गर्ने तथा निर्वाचन शिक्षा कार्यकर्ताको कार्यमूल्याङ्कन  गर्ने उदेश्यले गरिएको नमूना मतदानमा यहाँका नगरबासीहरुले मतदान गरेको हुन् । आगामी २१ गते सम्पन्न हुन लागेको निर्वाचनमा यस अभ्यासले बदर मतको संख्यामा न्यूनिकरण हुने निर्वाचन कार्यालयका प्रतिधिनि गणेश मानन्धरले विस्वास ब्यक्त गरे । नमूना मतदानमा सहभागी अधिकाँशले मतदान गर्न गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्बाचनमा भन्दा पनि सजिलो प्रक्रिाय रहेको बताए । यता शुक्लागण्डकी नगरपालिकाका कार्यकारी अधिकृत काशिराम गैह्रेले मतदाताहरुमा मतदान गर्न हुने दुविधालाई न्यूनिकरण गर्न यस अभ्यासले सहयोग गर्ने बताउदै निर्वाचन अगाबै हुने नमूना मतदानको प्रशँसा गरे । सहभागी मध्येका मतदाता पदम बहादुर बाँनियाले यस्ता नमूना मतदान कार्यक्रम शहरी र शिक्षित वर्गको भएको स्थानमा भन्दा ग्रामिण क्षेत्रमा सञ्चालन गर्न सके प्रभावकारी हुने बताए । अर्की सहभागी मतदाता तारा कुमारी मानन्धरले भने तिन तिन पटक मतदान गर्न यस अगाडीको भन्दा चुनावमा भन्दा अलि असहज भएको बताइन् । उनले भनिन्—”धेरै पटक भोट हाल्न पर्ने रैछ अलि झ्याउ त भयो तर झुक्किन्न छैन भोट हाल्न सकिन्छ ।”शुक्लागण्कडी नगरपालिकाकी कर्मचारी मञ्जु सुवेदी दिएको जानकारी अनुसार नमूना मतदानमा यहाँका ३० पुरुष र ५२ महिला गरी जम्मा  ८२ जना सहभागी भएका थिए ।

जस्मध्ये प्रतिनिधि सभामा ४ मत, प्रदेश सभामा ५  र समानुपातिकमा ३ मत बदर भएको छ । शुक्लागण्कडी नगरपालिकाको परिसरमा सम्पन्न भएको मतदानमा अधिकाँश यहाँका ब्यापारी, कर्मचारी, जनप्रतिनिधि र पत्रकारहरुको सहभागीता रहको थियो । निर्वाचन कार्यालयले देशका प्र्रत्येक जिल्लाको १÷१ स्थानमा नमूना मतदान कार्यक्रम सञ्चालन गरेको छ भने यता जिल्ला निर्वाचन कार्यालयले समेत आ—आफ्नो जिल्लाका विभिन्न स्थानमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।