आजको मिती : २०७४ पौष २ आइतबार

समय :११:१०

Logo

स्थानीय

Image

काँग्रेसका युवा नेता प्रदिप पौडेलको निवासमा एकाविहानै विस्फोटक पदार्थ विष्फोट


मंसिर १६, दुलेगौँडा । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र न.२ को प्रदेश सभा १ का उम्मेदवार प्रदिप पौडेलको घरमा अज्ञात समुहले शनिबार विहान विस्फोटक पदार्थ विष्फोट गराएका छन् । 
शुक्लागण्डकी ८ गणपतिमा रहेको पौडेलको घरको आगनमा विहान पौने पाँच बजेर तिर बिष्फोट गराइएको बताइएको छ । बम बिस्फोट भएको भन्ने हल्ला बाहिर आए पनि घट्नास्थलमा पटेका भेटिएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिएका छन् । घट्ना कस्ले र किन गराएको हो भन्नेबारे खुलेको छैन । घट्नाबारे अनुसन्धान भइरहेको अधिकारीले बताए ।
उम्मेदवार पौडेललाई लक्षित गरीे घट्ना गराइएको भए पनि पौडेल भने चुनावी प्रचार प्रसार अभियानको क्रममा बाहिरै बसेका थिए ।घट्नाबाट भौतिक तथा मानवीय कुनै पनि क्षति नभएको प्रहरीले बताएको छ । 
पौडेलको जित सुनिश्चित हुने भएपछि विराधीहरुले घट्ना घटाएको हुन सक्ने काँग्रेसीहरुले बताएका छन् ।