आजको मिती : २०७५ जेठ १३ आइतबार

समय :०१:३८

Logo

खेलकुद

Image

ल्होसारको अवसरमा भलिबल प्रतियोगीता तथा विविध सांस्कृतिक कार्यक्रम हुने

शिब आले मगर :- तमु (गुरुङ्) हरुको १२ ओटा वर्घ मध्ये यस वर्ष चरा वर्गलाई विदाई तथा कुकुर वर्गलाई स्वागत गरि मनाइने   महान पर्व ल्होसार (नयाँ वर्ष ) को पावन अवसरमा सधैँको वर्ष जस्तै यस वर्ष पनि जनजागरण  युवा क्लब भिमाद ८  सखेपले गाउँ तथा वडा स्तरीय पुरुष भलिबल प्रतियोगीता साथै विविध सांस्कृतिक २०७४ आयोजना गर्ने भएको छ ।

 

"भिजन - २०२० राष्ट्रिय गौरव तथा स्वस्थ्य नागरिकका खेलकुद " भन्ने मुल उदेश्य सहीत भलिबल प्रतियोगीता यही पौष १३ गते बाट सुरु हुने क्लबले जनाएको छ । भलिबल प्रतियोगीतामा प्रथम ,द्दितीय र तृतिय हुने समुहले क्रमश नगद ४० हजार १ सय ४० ,२५ हजार १ सय २५ , १० हजार १ सय १० को साथमा  शील मेडल र प्रमाण पत्र प्राप्त गर्न खेल संयोजक लक्ष्मण गुरुङ्गले जानकारी दीएका छन् ।

 

साथै दर्ता शुल्क ३५०० लाग्नेछ भने प्रतियोगीता अवधिभर कै उत्कृष्ट खेलाडी , बेष्ट लिफटर र वेष्ट सुटर को लागि पनि विशेष पुरस्कारको व्यवस्था रहेको छ । पौष १५ गते ल्होसारको दीन दीउँसो १ बजे बाट कौरा , सालैजो नृत्य को साथमा  राष्ट्रिय तथा स्थानिय कलाकार हरुको बेजोड सांगितीक प्रस्तुति रहने क्लबले जनाएको छ ।