आजको मिती : २०७५ असार ११ सोमबार

समय :११:५२

Logo

खेलकुद

ल्होसारको अवसरमा भलिबल प्रतियोगीता तथा विविध सांस्कृतिक कार्यक्रम हुने

शिब आले मगर :-यही आउदो ल्होसारको अवसरमा शुक्लागण्डकीमा भलिबल प्रतियोगीता सहित विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

“दस्घाको शान युवाहरुको अभियान” भन्ने मुल नाराका साथ विगतको वर्षहरुमा जस्तै यस वर्ष पनि श्री जनचेतना सुर्योदय युवा क्लब शुक्लागण्डकी ११ दस्घाले गुरुङ्ग हरुको महान पर्व खि ल्हो तथा कुकुर ल्होसारको अवसरमा टुक स्मृति कप पुरुष भलिबल प्रतियोगीता तथा विविध सांस्कृतिक कार्यक्रम २०७४ आयोजना गर्ने भएको छ । भलिबल प्रतियोगीता यही पौष ८ गते देखि सुरु हुने क्लबले जनाएको छ ।

भलिबल प्रतियोगीतामा प्रथम, द्वितिय हुने ले क्रमश नगद ४० हजार, ३० हजारको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्न छन् भने तृतिय हुने समुहले १५ हजारको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । साथै टीम दर्ता शुल्क ४००० लाग्ने आयोजकले बताएको छ ।