आजको मिती : २०७५ असोज ६ शनिबार

समय :१२:००

Logo

खेलकुद

Image

भीमादमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगीता हुने



पुष ०९ ,दुलेगौँडा । 
युवा क्लब भीमादको आयोजनामा तनहुँ जिल्लाकै सर्वाधिक धन राशीको खुल्ला नकआउट फुटबल प्रतियोगिता संचालन हुने भएको छ । क्लवले शनिबार भीमाद स्थित युवा रंगशालामा पत्रकार सम्मेलन गरी माघे संक्रान्तीको अवशरमा माघ १ देखी ८ गते सम्म प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो । क्लवका अध्यक्ष नविन कुमार श्रेष्ठले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भीमादलाई चिनाउने उदेश्यले सर्वाधिक राशीको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बताए । 

प्रतियोगीतामा विजेताले नगद ३ लाख  र उपविजेताले  १ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडी ,उत्कृष्ट गोलरक्षक, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकतालार्ई जनही १० हजार रुपैयाँ प्रदान गर्ने आयोजकले बताएको छ । त्यस्तै प्रत्येक खेलमा 'म्यान अफ दी म्याच' घोषित गरिने छ । 

भीमादमा यस अघि २०७१ ०७२ मा पहिलो र दोस्रो भीमाद कप भएको थियो भने यस पटक करिब २५ लाख खर्च गर्ने गरी  तेस्रो भीमाद कप आयोनजना हुन लागेको हो ।  प्रतियोगीतामा देशका विभिन्न स्थानबाट झापा ११, बुटवल क्लव, पोखराका साहारा तथा संगम  क्लब सहित करिब ८ देखी १२ टिमले  सहभागीता जनाउने खेल संयोजक विश्व सुवेदीले जानकारी दिए । 

पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिदै क्वलका सल्लाहकार गोपाल पराजुलीले विकृती र विसंगतीमा लागेको युवाहरुलाई खेलकुदमा आकर्षिक गरेर समृद्ध समाजको निर्माणमा सहयोग पुयाउने उदेश्य आयोजकले लिएको बताए ।    नेपाली काँग्रेसका नेता तथा समाजसेवी जित प्रकाश आले, उमाकान्त श्रेष्ठ, ध्रुवराज सुबेदी लगायतले आगामी संस्करणहरुमा ठुलो रकमको पुरस्कारलाई भन्दा पनि ए डिभिजन स्तरको खेल सञ्चालनमा जोड दिएका थिए । प्रतियोगीताबाट हुने आम्दानीले  क्लबको निमार्णधिन भवन र अन्य सामाजिक कार्यमा खर्च गरिने क्लबले जनाएको छ ।