आजको मिती : २०७५ असार ८ शुक्रबार

समय :०३:१३

Logo

खेलकुद

Image

सखेपमा भलिबल प्रतियोगीता सम्पन्न ,राङ्गरुङ्गलाई उपाधि

दुलेगौँडा ,शिव आले मगर :- तमु गुरुङ्गहरुको महान पर्व  ल्होसारको अवसरमा जनजागरण युवा क्लबले भिमाद ९ सखेपले आयोजना गरेको साविक गाउँ तथा वडा स्तरीय पुरुष भलिबल प्रतियोगीताको उपाधि राङ्गरुङ्गले उचालेको छ । सोमबार (हिजो )भएको फाइनल खेलमा आयोजक जनजागरण युवा क्लब लाई ३ ( ० सोझो सेटमा पराजित गदै राङ्गरुङ्गले उपाधि उचालेको हो । विजेता राङ्गरुङ्गले नगद ४० हजार १ सय ४० सहीत शील्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यसतै उप विजेता जनजागरण युवा क्लबले २५ हजार १ सय २५ र तृतिय हुन  सफल चाङ्गसीङ्गले १० हजार १ सय १० को साथमा शील्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे । साथै प्रतियोगीता अवधि कै उत्कुष्ट खेलाडी राङ्गरुङ्गका मदन परीयार ,लिफटर राङ्गरुङ्गकै रेशम आले ,अनुशाशीत खेलाडी चाङ्गसीङ्ग का रोशन गुरुङ्ग र वेष्ट सुटर चाङ्गसीङ्गकै खेलाडी भएका थिए । उनीहरुले शील्ड, मेडल र प्रमाण पत्रको साथमा आकर्षक पुरस्कार प्राप्त गरेका थिए ।प्रतियोगीतमा २० टीमको सहभागिता रहेको थियो ।
विजेतालाई भिमाद नगरपालिका वडा नं ९ का अध्क्षय इमान थापा ,क्लबका अध्क्षय सकीला गुरुङ्ग ,खेल संयोजक लक्ष्मण गुरुङ्ग लगायत ले पुरस्कार प्रदान गरेका थिए । सोही अवसरमा बोल्दै भिमाद नगरपालिका वडा नं ९ का अध्क्षय इमान थापाले क्लबले वार्षिक रुपमा भलिबल र सांस्कृतिक कार्यक्रम आयोजना गरेर खेल र संस्कृति जर्गना गरेको भन्दै सधैँ आप्नो साथ सहयोग राख्ने बताए । 


 पौष १५ गते ल्होसारको दीन   लोकदोहरी तथा दोहोरी गायक डी बी कालिज, पवन अधिकारी, आधुनिक गायक भिम पौडेलले आफ्ना चर्चित गीत गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए । त्यस्तै नवप्रतिभा स्थानीय कलाकारहरुले सालैजौ, कौराहा गीतमा नृत्य गरेर उपस्थित दर्शकलाई झुमाएका थिए ।

जनजागरण युवा क्लबका अध्यक्ष सकीला गुरुङ्ग को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शिव आले मगरले गरेका थिए ।