आजको मिती : २०७५ असार ११ सोमबार

समय :११:५१

Logo

खेलकुद

Image

माघे संक्रान्तिको अवसरमा कालिम¥याङमा भलिबल प्रतियोगीता हुने

पुष २३, दुलेगौँडा । 
तनहुँको शुक्लागण्डकी-३,कालिम¥याङमा माघे संक्रान्ति पर्वको अवसरमा माघ १ गते देखि विविध साँस्कृतिक कार्यक्रम र शुद्ध गाँउ तथा वडास्तरीय पुरुष भलिबल प्रतियोगीता हुने भएको छ । कला,संस्कृतिको संरक्षण गर्दै खेलकुदको माध्यमबाट युवाहरुलाई एकिकृत गरी समाज विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको क्लबका अध्यक्ष विरेन्द्र थापाले बताए । 
माघे संक्रान्तिको दिन देखि शुरु हुने प्रतियोगितामा प्रथम हुने समुहलाई नगद ३० हजार सहित ट्रफी ,मेडल र प्रमाण पत्र र द्धितिय हुनेलाई नगद २० हजार साथामा ट्रफी ,मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ । साथै प्रतियोगीताको उत्कृष्ट खेलाडी, स्पाइकर ,लिफ्टर र डिफेन्डरलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष थापाले जानकारी दिए । प्रतियोगीतामा १५ देखि २० समुहको सहभागीता हुने आयोजकले अपेक्षा गरेको छ ।कार्यक्रमका लागि तयारीलाई तीब्र पारिएको खेल संयोजक मोहन थापाले बताएका छन् ।
होमस्टेको अवधारणा ल्याएइको कालिम¥याङलाई राष्ट्रियस्तरमा चिनाउन क्लबले रमाइलो साँस्कृतिक कार्यक्रम समेत हुने जनाएको छ । माघे संक्रान्तिको दिन स्थानिय कलाकारहरुद्धारा कार्यक्रममा मौलिक पहिचान बोकेको कौराहा नृत्य र ठाडो भाकामा समेत नृत्य प्रदर्शन गरिने भएको छ । सोही अवसरमा पाहुनाहरुलाई लक्षित गरी स्थानिय उत्पादन गुन्द्रुक ,ढिडो ,सेलरोटी, बारा, मस्याम ,बोडी ,तरुल ,साग ,पिडालु जस्ता अर्गानिक खानाका परिकारहरुको पनि व्यवस्था गरिने भएको छ ।
क्लबले माघे संक्रान्तिको अवसर पारेर हरेक बर्ष कार्यक्रम गर्दै आएको छ । यो पाँचौ संस्करण हो । करिब २ लाखको लागतमा क्लबले कार्यक्रम गर्न लागेको हो ।कालिका युनाइटेड युथ क्लबले आयोजना गरेको प्रतियोगीताको सह आयोजकमा जल्पा बराह आमा समुह रहेको छ ।