आजको मिती : २०७५ असार ११ सोमबार

समय :११:५४

Logo

स्थानीय

Image

जाडोसंगै मल्ल सिरक उद्योगको व्यापारमा वृद्धि

राज कुमार आले /
दुलेगौँडा ।
तनहुँको शुक्लागण्डकी-५, गल्छिना स्थित मल्ल सिरक डसना उद्योगमा जाडो लागेसंगै व्यापारमा वृद्धि भएको छ । जाडोमा अधिक प्रयोग गरिने सिरक डसनाको माग बढ्न थालेपछि  उद्योगलाई नयाँ तथा पुराना सिरक डसना बनाउन भ्याइ नभ्याइ भएको छ । उद्योगले नयाँ कपाससंगै पुराना कपडालाई पेलेर कपास बनाउने र त्यसैबाट सिरक डसना बनाउँदै आएको छ। कपास किन्दा प्रति किलो ५० रुपैयाँ पर्ने र ग्राहकहरुले आफ्नै पुराना कपडा लगेर पेले किलोको २० लिने गरेको संचालक ईश्वर मल्लले बताए।

सिरक डसनाको साइज ,तौल र पल्ला अनुसार मुल्य फरक फरक पर्ने उनको भनाई छ । एउटा सिरक डसनालाई एक हजार देखि बाह्र सयसम्ममा बेच्ने गरेको उनले सुनाए । जाडो सिजनमा अरु बेला भन्दा धेरै राम्रो व्यापार हुने गरेको छ उनले भने जाडो शुरु भएपछि दैनिक रुपमा १५ देखि २० हजारसम्म नियमित व्यापार हुने गर्छ । कहिले काँही भने ४०/५० हजारसम्म पनि व्यापार हुने  गरेको छ । 

 


उनले मासिक रुपमा ३÷४ लाखको व्यापार हुने बताए ।यस क्षेत्रमै पहिलो पटक वातावरण प्रदुषण गर्ने पुराना कपडा पेलेर सिरक डसना बनाउने सेवा दिएपछि ग्राहकहरु पनि खुसी भएका छन् । घर तथा वरिपरीको वातावरण पनि सफा हुने र आफ्नै कपडाबाट सिरक डसना पनि बन्ने भएपछि तनहुँका दुलेगौँडा,खैरेनीटार ,कोत्रे, भिमाद र स्याँङ्जाको चिसापानीसंगै अन्य ग्रामिण भेगबाट पनि ग्राहकहरु आउने गरेका छन् । उनले ग्राहकहरुलाई होमडेलीभेरीको समेत सुविधा दिएका छन् । उनले आफु १२ बर्षसम्म विदेश बसेको सुनाउँदै नेपालमै केहि गर्नु पर्छ भन्ने भावनाले चार बर्ष अघि यस व्यवसायमा हात हालेका बताए । यो अवधिमा उनले नाराणगढ र तालचोकमा समेत शाखा विस्तार गरेका छन् । गल्छिनामा मात्रै उनले १३ जनालाई रोजगार दिएका छन् ।