आजको मिती : २०७४ माघ २ मंगलबार

समय :०९:२३

Logo

स्थानीय

बैदिक पुरोहित समाज र अद्धैत संस्थाको भेला,हिन्दुधर्म संरक्षणमा जोड


दुलेगौँडा ।
बैदिक पुरोहित समाज र अद्धैत संस्था दुलेगौँडाको भेला  शनिबार सम्पन्न भएको छ । सो अवसरमा सभाको  अध्यक्षता गर्दै समाजका अध्यक्ष तुलसीराम पौडेलले भावी पुस्तालाई धन नभएर आफ्नो धर्म, संस्कार र नैतिक ज्ञान दिनु पर्ने बताएका थिए । त्यस्तै प्रमुख अतिथि एवं अद्धैत संस्थाका सह सचिव शरण गर्तौलाले तन,मन ,बचन र कर्मले हिन्दु धर्मको संरक्षण गर्नु पर्ने बेला आएको बताए ।
सभामा सहभागी गणेश माविका प्रधानाध्यापक शिवराज घिमिरेले हिन्दु धर्म प्रवद्र्धनको लागि स्थानिय गाईको संरक्षण गर्नु पर्ने बताए । स्थानिय टीकादेवी भट्टराइले हिन्दु धर्म नै सवै धर्मको जननी भएको बताइन् ।त्यस्तै बलराम ढकालले संस्कृत भाषाको ज्ञान र धर्मग्रन्थमा भएका कुराहरु समाजलाई बुझाउनु पर्नेमा जोड दिए ।समाजका सदस्य रमेश पण्डितले हिन्दुधर्मालम्बीहरुले कमाईको १० प्रतिशत धर्म संरक्षणमा लगानी गर्नु पर्ने बताए । समाजका उपाध्यक्ष नारायण घिमिरेले नेपाली पहिचान जोगाउन विदेशी संस्कारको सिको गर्न नहुने बताएका थिए । सभाको समाजका सचिव विजय भट्टराइले संचालन गरेका थिए ।