आजको मिती : २०७४ माघ २ मंगलबार

समय :०९:२४

Logo

खेलकुद

Image

भिमादको आम्डाँडामा भलिबल खेल र कौराहा ,नचरी, सोरठी र सालैजो घन्किने


दुलेगौँडा । 
जन जागर युवा संस्था भिमाद-५ आम्डाँडाको आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा गाँउस्तरीय भलिबल प्रतियोगीता हुने भएको छ । अनेकतामा एकता पौरखी हातहरुको प्रतिवद्धता भन्ने नाराको साथमा भलिबल प्रतियोगीता संगै विविध साँस्कृतिक कार्यक्रम समेत हुने भएको हो । पौष २७ गते देखि शुरु हुने प्रतियोगीताको लागि खेल मैदान मर्मत, पुरस्कार व्यवस्थापन ,प्रमुख अतिथि तथा अतिथिहरुलाई पत्रचार गर्ने लगायतका तयारीहरु तीब्र पारिएको छ । 
प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमशं नगद २५ हजार ,१७ हजार १० हजारको  साथमा शिल्ड ,मेडल र प्रमाणपत्र प्रदान गरिने संस्थाका अध्यक्ष बुद्ध रानाले बताएका छन् ।साथै सोहि अवसरमा माघे संक्रान्तिका दिन मौलिक साँस्कृतिक पहिभान बोकेको कौराहा ,नचरी, सोरठी र सालैजोमा नृत्य प्रस्तुत गरिने भएको छ । कार्यक्रममा हास्यव्यग्य प्रहशन तथा प्रोखेली कलाकार साँगीतिक समुहको विशेष प्रस्तुती रहने अध्यक्ष रानाले जानकारी दिएका छन् ।