आजको मिती : २०७५ मङ्सिर २६ बुधबार

समय :०३:५६

Logo

स्थानीय

Image

शुक्लागण्डकी नागरिक समाजको जनप्रतिनिधिहरुसंग अन्तरक्रिया,जनप्रतिनिधिहरुले भने"विकास निमार्णमा कानुन बाधा देखियो ।"


पौष २७, दुलेगौँडा ।

शुक्लागण्डकी नागरिक समाजले बुधबार शुक्लागण्डकी नगरपालिका वडा नं- ८ र १० का वडाध्यक्षहरुसंग स्थानिय तहको पछिल्लो उपलब्धी र गतिविधिको बारेमा अन्तरक्रिया गरेको छ । नागरिक समाजका पदाधिकारी,स्थानिय बुज्रुक तथा पत्रकारहरुको सहभागीतामा अन्तरक्रिया गरिएको हो ।सहभागीहरुले वडाभित्रका बार्षिक कार्ययोजनाको कार्यान्वयन पक्ष, सार्वजनिक जग्गा संरक्षण ,नदी तथा जमिन उत्खलन् कार्य नियन्त्रणका लागि स्थानिय तहबाट भएका पहल कदमी लगायतका जनसरोकारको विविध विषयमा जिज्ञासाहरु राखेका थिए ।


सो अवसरमा वडा नं ८ का वडा अध्यक्ष कृष्ण रेग्मीले कानुनी बाधा अड्चनहरु भएकाले कामहरु हुन नसकेको बताएका छन् । पहिलो चरणको चौमासिकमा खर्चको हिसावले शुन्य भएको स्वीकार्दै दास्रो चौमासिक शुरु भएपछि योजना सम्झौताको कामहरु पनि शुरु भएको र दुई वटा योजना भने सम्पन्न भइसकेको बताए ।वडाध्यक्ष रेग्मीले लक्षित वर्ग कार्यक्रमहरु विभिन्न आइएनजिओ हरुसंग सहकार्य गरेर भइरहेको जानकारी दिए । उनले हालसम्म सिटीभिटीसंग समन्वय गरेर युवा लक्षित कार्यक्रम अन्र्तगत मोबाइल रिपेरिङ तथा प्लम्बिङ् तालिम र महिलाहरुको लागि नेतृत्व विकास तालिम सम्पन्न गरेको बताए । वडाध्यक्ष  रेग्मीले आफ्नो वडाभित्र जमिन तथा नदीजन्यबस्तु उत्खलननमा रोक लागाएको बताउँदै विगतमा विभिन्न समयमा हुदै आएको सार्वजनिक जग्गाको अतिक्रमण रोकी संरक्षणका लागि पहल थाल्ने बताएका थिए ।


त्यस्तै वडा नं-१० का वडाध्यक्ष रामचन्द्र भण्डारीले पहिलो चौमासिकमा खर्च शुन्य नै रहे पनि भुकम्प पिडितहरुको लागि भने कामहरु भइरहेको बताए । वडाभित्र कुल ३ सय ६० भुकम्प पिडितमध्ये ३ सय ४१ जनाले सम्झैता गरेको र २ सय ७० जनाले पहिलो किस्ता लगेको जानकारी दिए । त्यस्तै दोस्रो चौमासिकपछि पुर्वाधार विकासमा प्राविधिक लगेर योजनाको सम्झौता गर्ने काम भइरहेको वडाध्यक्ष भण्डारीले बताए । प्राविधिकलाई लगेर सम्झौता गर्ने काम भइरहेको छ उनले भने-“सम्झौताको लागि खाता खाल्ने काम पनि भइरहेको हुदाँ सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई समयमै खाता खोल्न पनि तोकता गरेका छौँ ।“
उनले वडालाई आर्थिक रुपमा समृद्ध बनाउन बाटो, कृषि तथा पशुपालन र खानेपानीलार्ई विशेष प्रथामिकता दिएको तर गुरुयोजना भने तयार भई नसकेको बताए । उनले भने-“हामीले बाटो कृषि र पशुपालनलाई विशेष जोड दिएका छौँ । “आगामी बजेटमा दर्ता गर्दा लाग्ने फर्महरुलाई प्रोत्साहित गरेर वडाबाटै सम्बोधन गर्ने गरी अगाडी बढेका छाँै ।"  
उनले नदी तथा जमिन उत्खलनको विषयमा कर्मचारीको जिल्ला देखि केन्द्रका प्रमुखसम्म सम्पर्क तथा समवन्य हुने गरेको र स्थानिय तहमाथि जिल्ला समन्वय समितिले हालीमुहाली गर्न खोज्दा विवाद भइरहेको बताए । स्थानिय तहले सिल गरेको ढुङ्गा गिटी तथा बालुवाको पैसा नबुझाए रोयल्टीबाट एक रुपैयाँ पैसा नदिने भनेर जिल्ला समन्वय समितिबाट पत्र समेत आएको उनको भनाई छ । उनले भने-“अधिकार केहि नभए पनि समन्वय समितिले स्थानिय तह भन्दा ठुलो हौँ “भन्ने घमण्डले हस्तक्षेप गरि रहेको छ । विवादमै समय वितिरहेको छ ।“ 
स्थानिय तह र जिल्ला समन्वय समितिबीचको द्धन्द्धले गर्दा एउटा वडाबाट अर्काे वडामा जाँदा कर तिरेर जानु पर्ने अवस्था आएको उनले बताए ।
कार्यक्रममा नागिरक समाजका अध्यक्ष खेमराज खनालले संविधानले स्थानिय तहलाई काम गर्ने प्रशस्त आधार दिएको भन्दै संविधानको नीति नियमलाई आधार मानेर तत्काल गर्नु पर्ने र गर्न सकिने काम गरी जनतालाई स्थानिय सरकारको प्रत्याभुति दिन आग्रह गरेका थिए । उनले जनप्रतिनिधिको साथमा नियम कानुन, प्रशासन र जनता संधै साथ रहेकाले जनताको सेवामा लाग्न जनप्रतिनिधिहरु कसैसंग डराउन नपर्ने बताएका थिए ।
कार्यक्रममा सामुदायिक मेलमिलाप समाज नेपालका केन्द्रिय सदस्य दुर्गा बहादुर महत, बुद्धिजीवी परिषद् तनहुँको उपाध्यक्ष खिम बहादुर महत ,नागरिक समाजकी उपाध्यक्ष सरस्वती गिरी ,सदस्य जित बहादुर थापा ,स्थानिय रामराजा महत लगायतको सहभागीता रहेको थियो ।


यस अघि नागरिक समाजले  मंगलबार  वडा नं-६ का वडाध्यक्ष कृष्ण बहादुर पौडेलसंग अन्तरक्रिया गरेको थियो । कार्यक्रममा सहभागीहरुले फोहोर मैला व्यवस्थापन, विकास निमार्ण योजनाहरुको कार्यान्वयन पक्ष ,लक्षित वर्ग कार्यक्रम र हालसम्मको प्रगति विवरणबारे जिज्ञासाहरु राखेका थिए ।सहभागीहरुको जवाफ दिदैँ वडा अध्यक्ष कृष्ण बहादुर पौडेलले स्थानिय तह संचालनका लागि नीति नियम बनी नसकेको कारण कानुनी समस्याहरु देखिएकाले पनि अपेक्षा गरे अनुसार काम हुन नसकेको बताए । विकास निमार्ण बाहेक अन्य सिफारीसका कामहरु भने जनतालाई सहज हुने गरी छिटो छरिता रुपमो भएको उनले दाबी गरे ।


चलु आर्थिक बर्षका लागि हरेक वडामा ६० लाखको कार्यक्रम तथा योजनाहरु छनोट गरि पारित गरिएको छ । स्थानिय तह संचालनको नीति बनि नसक्दाँ र जनप्रतिधिनिहरु पनि यि विषयहरुमा जानकार नहुदाँ विकासका योजनाहरु अलपत्र परेका छन् ।योजनाहरु बनाउँदा हतार र हचुवाको भरमा गरिएको र गर्नु पर्ने जति अध्ययन पनि गर्न नसकेको पौडेलले स्वीकार गरेका छन् । आफुहरुले योजनाहरुलाई अगाडी बढाउन प्रयास गरि रहेको र विस्तारै सम्पन्न हुदै जाने उनको भनाई छ । योजना बनाउन अलि गम्भिर भएर स्थानिय जनता र समुदायसंग बृहत्त छलफल गरेर जानु पर्नेमा टोल विकास संस्थाहरुसंग बसेर  योजना बनाउँदा त्यति वैज्ञानिक नभएको बताउँदै ठुला योजनाहरु भने सर्वपक्षिय रुपमा बनाएको पौडेलले बताए ।पहिलो चरणको चौमासिकमा कुनै पनि काम भएको पौडेलको भनाई छ । उनले भने-“हामी संग बजेट पनि भएन । योजनाहरु संम्झौता गर्ने प्रक्रिया पनि केहि भएन ।“


वडाध्यक्ष पौडेलको भनाई अनुसार अहिले भने वडाभित्रका ९० प्रतिशत योजनाहरुको स्टेट्मेन्ट भएको छ । उनले भने- “स्थानिय स्तरमै प्राविधिकहरु लिएर अहिले हुन सक्ने नसक्ने काम हेरेर स्टेट्मेण्ट गरेका छौँ ।“ अब स्टेट्मेण्ट छिछ्फुट मात्र बाँकी छ । “वडाबाट लक्षित वर्ग कार्यक्रम अन्र्तगत कृषि तथा हस्तकला तालिम मात्र शुरु भएको छ । यसमा पनि धेरै प्राविधिक समस्या देखि बजेट अभाव देखिएको छन् । पौडेलले भने- “कुन कार्यक्रम गर्दा कत्ति खर्च लाग्छ त्यो ख्याल गरिएन ।“ हचुवाको भरमा योजना बनाइयो,त्यहि कार्यक्रम गर्न त्यति बजेटले नपुग्ने देखियो ।“उनले फोहोर मैला व्यवस्थापनका लागि खैरेनीटार बजाई इकाईसंग सहकार्य गरी तत्कालको लागि खाली सार्वजनिक स्थानमा खाल्डो खनेर पुर्दै आएको जानकारी दिए । आगामी दिनमा चरणवद्ध रुपले काम गर्दै जाने र मिडियासंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए ।