आजको मिती : २०७५ असार ८ शुक्रबार

समय :०३:१५

Logo

स्थानीय

Image

दिवस मा.वि उदेनढुङ्गाको ४१औँ बार्षिकोत्सव सम्पन्न 



दुलेगौँडा ।
दिवस माध्यमिक विद्यालय शुक्लागण्डकी-३,उदेनढुङ्गाको ४१ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस समारोह विहिबार सम्पन्न भएको छ । सो अवसरमा कार्यक्रमको उद्घाटन गर्दे शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले नेपालको शिक्षा नीति साक्षर बनाउने मात्र भएकाले अब आधुनिक शिक्षा प्रणाली लागु गर्न जरुरी रहेको बताए । उनले भने-"हाम्रो अहिलेको शिक्षा भनेको 'क' देखि 'ज्ञ' र 'ए'  देखि 'जेट' सम्मको मात्र छ । यो शिक्षाले साक्षर भइन्छ, अरु केहि गर्न सकिदैन।"त्यसैले अब प्राविधिक शिक्षा लागु गर्न जरुरी छ ।"

 

मेयर गुरुङले सामुदायिक विद्यालयलाई माथि उठाउन सकिएन भने गरिब नेपाली जनताहरु शिक्षाको पहुबाट बञ्चित हुनु पर्ने अवस्था आउन सक्ने औल्याउदै विधालयको भौतिक विकास तथा गुणस्तरीय शिक्षाको लागि सरकारको ध्यान जानु पर्ने बताए । उनले स्थानिय स्तरबाट पनि अभिभावहरुले आफ्नो बच्चाको नियमित स्कुल गएको नगएको, गृहकार्य गरे नगरेको, कक्षामा ध्यान दिए नदिएको बारे चासो राख्नु पर्ने र शिक्षकले पनि आफ्नो पेसालाई जागिर मात्र नठानेर विद्यार्थीहरुको भविष्यप्रति जिम्मेवार भएर लाग्नु पर्नै बताएका थिए । 

 

कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष राम कुमार श्रेष्ठले वडाभित्रका विद्यालयहरुको शिक्षाको गुणस्तर बढाउन आफु अभिभावक तथा शिक्षकसंग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा उदेनढुङ्गा श्रोत केन्द्रका श्रोत व्यक्ति सुरेन्द्र कुमार कर्ण ,विद्यालयका पुर्व प्रधानाध्यापक केशवराज पौडेल,एमाले जिल्ला कमिटी सदस्य खिम कुमाल ,माओवादी केन्द्रका शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष पर्शुराम भण्डारी ,विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष काजिराम खत्री ,सदस्य नर बहादुर थापा ,त्रिभुवन आधारभुत विद्यालयका प्रधानाध्यापक तिल बहादुर थापा ,ब्रह्माकुमारी रश्मी खड्का ,भु।पु विधार्थीहरु महेश वस्नेत ,दिलिप वस्नेत लगायतले बोलेका थिए ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सोमलाल रिमालले आर्थिक बर्ष २०७३/०७४ को आयव्यय सहित बार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक नारायण घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन शिक्षक डिल्लीराम घिमिरेले गरेका थिए ।सो अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । साथै  विधालयमा स्थापना गरिएको विभिन्न अक्षयकोषका विविध पुरस्कार तथा बार्षिक उत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगीतामा विजेता विधार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।