आजको मिती : २०७५ असोज २९ सोमबार

समय :०४:५१

Logo

स्थानीय

Image

मंगलोदय माविको ४२ औँ वार्षिक उत्सव सम्पन्न

दुलेगौँडा ।

तनहुँको भिमाद-८ डुम्रेबेशीँमा रहेको मंगलोदय माध्यमिक विधालयको ४२ औँ वार्षिक उत्सव तथा अभिवावक दिवस समारोह विहिबार सम्पन्न भएको छ । सो कार्यक्रमको उद्दघाटन गदै भिमाद नगरपालिका मेयर मेख बहादुर थापाले अब साना विधार्थीहरुको सुन्दर भविष्य निमार्ण गर्ने जिम्मा आफुहरुको काँधमा आएको बताए । उनले राजनीतिक लडाई सकिएको बताउँदै अव सवै राजनीतिक दलहरु एक ठाँउमा उभिएर विकास निमार्ण र विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिमा सवै आ-आफ्नो तहबाट लाग्नु पर्ने बताए ।मेयर थापाले  धेरै विद्यायल खुल्दैमा र विद्यालय मर्च गर्दैमा शिक्षाको गुणस्तर वृद्धि नहुने बताउँदै यसका लागि विद्यालयको भौतिक विकास गरी प्राविधिक तथा कृषि शिक्षालाई जोड दिनु पर्ने बताए । नगरपालिका विद्यालयका अभिभावक तथा शिक्षकसंग सहकार्य गदै अगाडी बढ्ने र विद्यालयको भौतिक विकासमा सक्दो सहयोग र पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खीम नारायण अधिकारीले  बार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।कार्यक्रममा भिमाद नगरपालिका वडा  नं ९ का अध्यक्ष  इमान थापा पुर्व विधार्थी  एव जिज्ञासा पुस्तकका लेखक नारायण द्दत अधिकारी मीलन भुजेल , पुजा वि क लगायतले बोलेका थिए ।  साथै सो अवसरमा कक्षा ११ र १२ सञ्चालनको लागि सहयोग गर्ने खीम नारायण अधिकारी ,बुद्दिमान श्रेष्ठ , होम बहादुर खड्का ,झुल बहादुर आले ,खुम बहादुर कुमाल लगायतलाई दोसल्ला खाँदा ओडयर सम्मान गरीएको थियो ।सो अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरी उपस्थितलाई मनोरञ्जन प्रदान गरेका  थिए ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एंव भिमाद नगरपालिका-८ का अध्यक्ष बुद्दिमान श्रेष्ठको अध्यक्षतामा भएको उक्तm कार्यक्रममा स्वागत मन्तmव्य शिक्षक युक्त बहादुर राना  र सञ्चालन शिक्षक युवराज भट्टराईले गरेका थिए ।