आजको मिती : २०७५ जेठ १३ आइतबार

समय :०१:४९

Logo

खेलकुद

Image

तेस्रो भिमाद कपको फाइनलमा जलथल झापा र एन.ए.सी  भिमाद भिड्ने


दुलेगौँडा ।
तनहुँको भिमादमा जारी तेस्रो भिमाद कप नकआउट फुटवल प्रतियोगीताको फाइनलमा जलथल एफसी झापा र एन।ए।सी  यु।एस,ए भिमाद भिड्ने भएका छन् ।शनिबार भएको पहिलो सेमिफाइन खेलमा राजदल गण खैरेनीटार माथि ४(० गोलको प्रभावशाली जित दर्ता गर्दै जलथल एफ।सी झापाले फाइनल यात्रा तय गरेको हो । झापाको लागि सरोज कार्कीले ह्याट्रिक तथा कर्ण लिम्बुले १ गोल गरेका थिए ।जलथलका जर्सी नं. ६ का सरोज कार्कीले खेलको ५, २७ र ३६औ मिनेटमा गोल गर्दै ह्याट्रीक पुरा गरेका थिए । जर्सी नं. १४ का कर्ण लिम्बुले दोस्रो हाफको इन्जुरी समयमा १ गोल थपेका थिए । लिम्बु ब्यक्तिगत ४ गोलका साथ प्रतियोगितामा हालसम्मको सर्वाधिक गोलकर्ता भएका छन् ।  ह्याट्रिककर्ता कार्की खेलको म्यान अफ द म्याच घोषित भए ।त्यस्तै दोस्रो सेमिफाइनलमा आयोजक युवा क्लब भिमादलाई ० का विरुद्द २ गोलले पराजित गदै एन।ए।सी यु।एस।ए भिमादले जलथल एफसी झापासंगको फाइनल भेट पक्का गरेको हो । एन।ए।सीको लागि दुवै गोल नवयुग श्रेष्ठले गरेका थिए । श्रेष्ठले खेल शुरु भएको  १३ औँ मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । फरवार्ड श्रेष्ठ नै म्यान अफ द म्याच घोषित भए ।फाइनल खेल यही माघ ८ गते दिउँसो २ बजे हुने  भएको छ । यस अघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका दुवै टिमको फाइनल भेट रोमाञ्चक हुने दर्शकहरुको अपेक्षा छ ।
 तेस्रो भिमाद कपको विजेताले नगद ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ सहित ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् ।प्रतियोगितामा उत्कृष्ट, खेलाडी, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही  नगद १०र१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।