आजको मिती : २०७४ फाल्गुण ९ बुधबार

समय :०२:५२

Logo

खेलकुद

Image

थप्रेक सेभेन ए साइड फुटबल प्रतियोगीताको उपाधि समृद्धिलाई 


दुलेगौँडा ।

तनहुँको शुक्लागण्डकी १ थप्रेकमा आयोजित सेभेन ए साइड फुटबल प्रतियोगीताको उपाधि समृद्धि युथ क्लब बोटेटारले उचालेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा बि युनाइटेड पोखरालाई ४-० गोल अन्तरले पराजित गरी समृद्धि विजेता बनेको हो । विजेता समृद्धिले नगद ४० हजार सहित मेडल र प्रमाण पत्र हात पारेको छ । उप विजेता बि युनाइटेडले नगद २५ हजार सहित मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।तमु हरियाली क्लब थप्रेकको आयोजनामा भएको उक्त प्रतियोगीतामा ३४ टिमले सहभागीता जनाएका थिए । प्रतियोगीता पुष ३० गते देखि शुरु भएको थियो ।विजेता तथा उप विजेतालाई प्रतियोगीताका मुख्य प्रोयोजक तथा भु.पु खेलाडी गंगा बहादुर गुरुङले वितरण गरेका थिए ।