आजको मिती : २०७५ भदौ ४ सोमबार

समय :१०:४३

Logo

खेलकुद

Image

तेस्रो भिमाद कपको फाइनलमा जलथल झापा र एन.ए.सी भिमाद भिड्दै 

 

माघ ८, दुलेगौँडा।

तनहुँ जिल्लाकै सर्वाधिक पुरस्कार राशि भएको तेस्रो भिमाद कपको फाइनल खेल  आज  हुदैँछ । फाइनलमा एन.ए.सी युसए भिमाद  र जलथल एफ्सी झापा खेल्ने छन्  ।खेल  दिउँसो २ बजे युवा क्लब भिमादको खेल मैदानमा हुनेछ । सेमिफाइनल खेलमा राजदल गण खैरेनीटार लाई ० का विरुद्द ४ गोलले पराजित गर्दै जलथल एफसी झापा फाइनलमा प्रवेश गरेको हो भने युवा क्लब भिमादलाई ० का विरुद्द २ गोलले पराजित गदै एनएसी युसए भिमादले फाइनलमा यात्रा तय गरेको हो । 


दुवै टोलीमा राष्टि«य खेलाडीहरु समावेश भएकाले खेल निकै  रोमाञ्चक हुने अनुमान गरिएको छ ।जलथल एफसी झापाबाट कर्ण लिम्बु ,सरोज कार्की जस्ता उत्कृष्ट खेलाडी खेल्नेछन् भने एनएसी युसए भिमादबाट राष्टि«य फुटबल टीमका उप कप्तान भरत खवास , नवयुग श्रेष्ठ , अञ्जन विष्ट ,टोप विष्ट जस्ता खेलाडीहरु मैदानमा उत्रने भएका छन् ।


तेस्रो  भिमाद कपको विजेताले नगद ३ लाख रुपैयाँ र उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँ सहित ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।प्रतियोगितामा उत्कृष्ट, खेलाडी, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ताले जनही  १०÷१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।