आजको मिती : २०७४ फाल्गुण ९ बुधबार

समय :०३:००

Logo

खेलकुद

Image

तेस्रो भिमाद कपको उपाधि एन.एसले उचाल्यो

 

दुलेगौँडा  ।

तेस्रो भीमाद कपको उपाधी एनएसी युएस भिमादले उचालेको छ । सोमबार भएको फाइलन खेलमा जलथल झापालाई २—१ गोल अन्तरले पराजित गर्दै एनएसीले उपाधी हात पारेको हो ।खेल शुरु भएको  तेस्रो मिनेटमा नै  झापाका लागि सरोज कार्कीले गोल गर्दै  टिमलाई अग्रता दिलाएका थिए । झापाको अग्रता धेरै बेर टिक्न पाएन । प्रतिष्पर्धात्मक खेलमा १८ औँ मिनेटमा एनएसीका लागि अन्जन विष्टले  उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ बराबरीमा सकिएकोमा दोस्रो हाफको ६९ औँ मिनेटमा एनएसीको तर्फबाट सुलिल लामाले गर्दै टिमको अग्रता  कायम गरे । त्यसपछि निर्धारित समयसम्म दुवैतर्फ गोल हुन नसकेपछि लामाको गोल नै निणार्यक गोल बन्यो र एनएसीले उपाधी जित्यो । उपाधी विजेता एनएसीले  नगद ३ लाख हात पारेको छ भने उपविजेता झापाले नगद १ लाख ५० हजारको साथमा कप, मेडल र प्रमाण प्रत्रमा चित्त बुझायो ।


प्रतियोगीता अवधी भर उत्कृष्ट प्रदर्शन गरेका झापाको कर्ण लिम्वु सर्वोत्कृष्ट खेलाडी घोषित भए । खेल अवधिभर समान ४ गोल गरेका झापाका सरोज कार्की र कर्ण लिम्बु सर्वाधिक गोलकर्ता बने । प्रतियोगितामा उत्कृष्ट फर्वाड झापाका सरोज कार्की, उत्कृष्ट गोल रक्षक एनएसीका सरद बस्नेत, उत्कृष्ट डिफेन्डर एनएसीकै शरद दाहाल र उत्कृष्ट मिडफिल्डर एनएसीका सुशिल लामा घोषित भए ।


खेलमा सर्वाधिक ४ गोल गरेको झापाको लिम्वु सँगै सरोज कार्की समेत एउटै पुरस्कार मार्फत सम्मानित भएका थिए । उनीहरुले जनही १०/१० हजार पुरस्कार प्राप्त गरे । माघ १ गतेबाट सुरु भएको प्रतियोगितामा १२ समुहको सहभागिता रहेको थियो ।