आजको मिती : २०७५ बैशाख ६ बिहीबार

समय :०३:१४

Logo

अर्थ

Image

तनहुँको राङरुङ्ग डाँडामा रिसोर्ट संचालन(फोटो फिचर सहित)


माघ १० ,दुलेगौँडा। 

भिमाद नगरपालिका ८ स्थित राङ्गरुङ्गमा रिसोर्ट संचालन गरिएकोे छ । भिमाद बजार देखि करिब ५ किलो मिटर दुरीमा रहेको राङ्गरुङ्ग गाँउमा राङ्गरुङ्ग भिलेज रिसोर्ट संचालनमा ल्याइएको हो । स्थानिय ग्रामिण उत्पादनलाई प्राथमिकता दिने गरी स्थानिय युवा उज्जवल खनालले १ करोड ३५ लाख रुपैयाँको लगानीमा रिसोर्ट निमार्ण गरेका हुन् । रिसार्टको सोमबार ओपनिङ गरिएको थियो ।

 

खनालले शान्त वातावरणमा समय विताउन चाहानेहरुलाई लक्षित गरी राङ्गरुङ्गलाई पर्यटक स्थलको रुपमा चिनाउने उद्देश्यले गाँउमै रिसोर्ट संचालन गरेका हुन् । उनले भने -"यो ठाँउमा पर्यटनको प्रचुर सम्भावना छ, "गाँउमा पर्यटक भित्र्याउन रिसोर्टले सहयोग पु¥याउँछ, भन्ने सोचले व्यवसाय शुरु गरेको हुँ । "

 

 

उनले रिसोर्टमा अर्गानिक खानालाई विशेष महत्व दिने बताएका छन् । खानामा स्थानिय स्तरमै उत्पादित जस्तै लोकल कुखुरा तथा खसीको मासु, गुन्द्रुक ,ढिडो ,भट्टमास ,पिडालु ,तरुल लगायतका सागसब्जीहरुका परिकारहरु पाक्नेछ । पाहुनाहरुको माग अनुसार अन्य खानाका आइटमहरु पनि बन्ने संचालक खनालले बताए । रिसोर्टमा फ्रि वाईफाई ,एटेज बाथरुम सहितको सुविधा सम्पन्न सात वटा कोठाहरु छन् । रिसोर्टमा सभा,समारोह ,गोष्ठि तथा सेमिनारको लागि  ५० सीट क्षमताको सभाहल पनि निमार्ण गरिएको छ ।  

 

 

 

रिसोर्टबाट प्राकृतिक सौन्दर्य अवलोकन गर्दै स्याङ्जा र कास्कीको विभिन्न भागहरु सहित सुर्य उदय, सुर्यास्त ,उत्तरतिर देखिने माछापुच्छ्रे ,धौलागिरी ,निलगिरी र अन्नपुर्ण हिमाल नजिकैबाट नियाल्न सकिन्छ भने तनहुँको अधिकाँश दक्षिणी भाग,सेति नदी,क्याङ्दी तथा देशकै ठुलो मगर वस्ती रघु गाँउ समेत प्रष्ट देखिन्छ ।

(फोटो फिचर)