आजको मिती : २०७५ पौष २ सोमबार

समय :०४:२२

Logo

स्थानीय

Image

शुक्लागण्डकी नागरिक समाजको नागरिक सम्मेलन ,पुस्ता हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रम

दुलेगौँडा ।

तनहुँको शुक्लागण्डकी-५ स्थित शिवनगर झरौटामा जेष्ठ नागरिक सम्मेलन, अन्तरपुस्ता हस्तान्तरण एवं नागरिक सचेतना प्रशिक्षण कार्यक्रम शुक्रबार  सम्पन्न भएको छ ।   शुक्लागण्डकी नागरिक समाजको आयोजनामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला न्यायधिश अर्जुन प्रसाद कोइरालाले ज्येष्ठ नागरिकहरुको पक्षमा प्रशस्त कानुनहरु बनेको बताए । उनले ज्येष्ठ नागरिकहरुको हक अधिकार संविधानले सुनिश्चित गरेकाले हक अधिकार र कर्तव्य कागजमा मात्र सजिएर नहुने भन्दै प्रयोग गर्न पनि जान्नु पर्ने बताउँदै यसको लागि नागरिक समाज र ज्येष्ठ नागरिकहरु पनि सचेत बन्नु पर्ने बताए ।

सचेतनाको अभावले ज्येष्ठ नागरिकहरु आफ्नो हक अधिकार बाट बञ्चित भएको उल्लेख गर्दै कोइरालाले नागरिक समाजले भुमिका खेल्नु पर्ने बताए ।उनले  राज्यले बृद्धबृद्धाको हक हितका लागी यातायात तथा स्वास्थ्य सेवामा विशेष छुट र अड्डा अदालतमा समेत विशेष व्यवस्था गरेको बताएका थिए ।यसका लागि ज्येष्ठ नागरिक परिचय बनाउनु पर्ने र नबनाएकाहरुलाई घर घरमा नै गएर बाड्ने व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका थिए ।

 

 

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका प्रमुख किसान गुरुङ्गले ज्ञान सिप र अनुभवका खानी, समाजका पथप्रदर्शक, प्रेरणाका स्रोत र समाजको विकासक्रमलाई आजको अवस्थामा पु¥याउने हिजोका सक्षम व्यक्तिहरु नै आजका जेष्ठ नागरिक भएको बताए । उनले आफ्नो अनुभव तथा ज्ञान आफ्ना सन्ततिहरुलाई सिकाउन ज्येष्ठ नागरिकहरुलाई आग्रह गरेका थिए ।

मेयर गुरुङ्गले बुहारी पनि छोरी सरह र सासु ससुरा पनि बा आमा सरह मान्ने गरियो भने घर स्वर्ग बन्ने बताए । राज्य र र जनप्रतिनिधिले ज्येष्ठ नागरिकको सन्तुष्टिलाई कर्तव्य नठान्ने हो भने उज्यालो शुक्लागण्डकी बनाउन नसकिने बताएका थिए ।

 

समाजका अध्यक्ष खेमराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा बार एसोशियसन तनहुँका अध्यक्ष एवं अभिवक्ता शिवदत्त ढकाल र अधिवक्ता पर्शुराम गिरिले कानुनी रुपमा ज्येष्ठ नागरिकले प्राप्त गरेको हक अधिकारको विषयमा सहजिकरण गरेका थिए भने सामुदायिक प्रहरी सेवा केन्द्र तनहुँका अध्यक्ष गोविन्द पन्त, नेपाली कांग्रेस शुक्लागण्डकीका  सभापति माधव भट्टराई, वयोवृद्ध रामकुमारी भुषाल, ज्येष्ठ नागरिक सेवा केन्द्र वृद्धआश्रमका अध्यक्ष भक्त बहादुर रिमाल लगायतले बृद्धहरुको सम्मान गरी सभ्य समाज निर्माणमा लाग्नु पर्ने बताए थिए ।

 

कार्यक्रममा शुक्लागण्डकी नागरिक समाजका संस्थापक अध्यक्ष विजयराज पौडेलले जेष्ठ नागरिकप्रति परिवार र राज्यको दायित्व विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममका सह संयोजक तथा समाजका सदस्य अम्बिका घिमिरेले कार्यक्रमबारे प्रकाश पारेका थिए भने समाजकी उपाध्यक्ष सरस्वती गिरीले स्वागत मन्तव्य र संचालन सचिव बाबुराम वस्नेतले गरेका थिए ।कार्यक्रममा वडा भित्रका ६० बर्ष नाघेका ३ सय भन्दा बढी ज्येष्ठ नागरिकहरु सहभागी भएका थिए ।