आजको मिती : २०७५ असोज ५ शुक्रबार

समय :११:५८

Logo

स्थानीय

Image

मेनका आमा समुहको प्रथम साधारण सभा सम्पन्न

दुलेगौँडा । 

तनहुँको म्याग्दे गाउँपालिका- ५ छाक्रा थाङ्गदीमा रहेको मेनका आमा समुहको प्रथम साधारण सभा आज सम्पन्न भएको छ । सभाको उद्दघाटन गदै म्याग्दे गाँउ पालिका अध्यक्ष माया रानाले महिलाहरु अब घरको चौघेराबाट बाहिरी प्रतिष्पर्धामा आउनु पर्ने बताइन् ।नेपाली समाजमा महिलाहरु अझै पनि पछाडी परेको भन्दै महिलाहरुको व्यक्तित्व विकास गर्न आवश्यक रहेको बताउँदै उनले शिक्षा ,स्वास्थ्य एवं खेलकुद लगायतको क्षेत्रमा विकास गरी गाउँपालिकालाई समद्ध बनाउने बताएकी थिइन्।

त्यस्तै वडा नं ५ का अध्यक्ष शिब बहादुर आलेले आमा समुहबाट हुने कुनै पनि कार्यक्रममा वडा बाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उक्त अवसरमा वडा सदस्य चिनीमाया थापा ,समाजसेवी पुर्ण बहादुर मिझार , वरपिपल युवा क्लवका अध्यक्ष लक्ष्मण थापा , समुहका सल्लाहाकार सदस्य रीसी थापा लगायतले बोलेका थिए ।

 

 

आमा समुहकी सचिव धनमाया थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २०४८  सालबाट आमा समुह गठन भए  तापनि गत वर्ष बाट मात्र आमा समुह दर्ता पक्रिया मा गएको हो । समुहले हरेक वर्ष देउँसी भैलो लगागतका कार्यक्रम बाट आर्थिक संकलन गरेर त्यस क्षेत्रको बाटो निर्माण , खानेपानि ,झलुङ्गगे पुल लगायत त्यस क्षेत्रमा हुने हरेक विकास निर्माणका कार्यमा सहयोग गदै आएको समुहकी सचिव धन माया थापाले जानकारी दीए । समुह ४१ जना रहेका छन् । सो अवसरमा सुनौलो लाफा युवा क्लबका सदस्य हरुले मौलिक कौराहा प्रस्तुत गरी उपस्थित भएकाहरुलाई मनोरञ्जन प्रदान गथरेका थिए ।

समुहकी अध्यक्ष मनमाया रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य समुहकी सदस्य शशी राना र कार्यक्रमको सञ्चालन सचिव धनमाया थापाले गरेकी थिइन् ।