आजको मिती : २०७४ फाल्गुण ९ बुधबार

समय :०३:०२

Logo

स्थानीय

Image

प्रथम थामडाँडा साँखे महोत्सवको तेस्रो दीन २ हजार दर्शकद्धारा अवलोकन

दुलेगौँडा : - थामडाँडा युवा क्लवले आयोजना गरेको प्रथम थामडाँडा साँखे सांस्कृती महोत्सवको तेस्रो दिन करिव २ हजार  दर्शकले महोत्सवको अवलोकन गरेका छन् । तेस्रो  दिन मात्र करिब करिव ३ लाख  बरावरको आर्थिक कारोबार भएको आर्थिक संयोजक बसन आलेले जानकारी दीएका छन् ।  

महोत्सवको तेस्रो दिन आज चर्चित दोहारी गायक राजु गुरुङ्ग सँगै सविना गुरुङ्ग राम्जी पौडेल, मायाँ गुरुङ्ग र सिता केसी लगायका कलाकारहरुको लगायतका कलाकारहरुले आफ्ना चर्चित गितहरु मार्फत दर्शकहरुलाई मनोरञ्जन दिए । महोत्सवमा  रत्यौली प्रयोगिता र तनुहँ आइडल नुत्य प्रतियोगीता जारी रहेको छ । महोत्सवको चौथो  दिन भोलि चर्चित दोहारी कुलेन्द्र विश्वकर्मा ,ज्योती लोहोनी ,शकर बिरही गुङ्गग अमर धिताल  मायाँ गुरुङ्ग , सिता केसी ,हास्य कलाकार दीपक थापा , स्थानीय कलाकार डोलमाया गुङ्गग ,शर्मीला लम्साल ,रवि घोताने लगायका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दीएको छ  ।

एम्युजमेण्ट प्रालि पोखराको ब्यवस्थापन एवं  नमुना युवा क्लव, सुर्यमुखी आमा समुह र साँखे युवा क्लव सहआयोजनामा आगामी फाल्गुण ४ सम्म चल्ने  हुनेछ ।