आजको मिती : २०७५ पौष २ सोमबार

समय :०४:२३

Logo

स्थानीय

Image

नागरीक सहकारीको अन्तरक्रिया

दुलेगौँडा।

शुक्लागण्डकी नगरपालिका-९ स्थित सुरौदीमा नागरीक बचत तथा ऋण सहकारी संस्थाको साविक दुलेगौँडाका सेयर सदस्य र सञ्चालक समितिका सदस्यहरु बिच शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सो अवसरमा सस्थाका अध्यक्ष नरबहादुर थापाले व्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष पदमलाल लामिछानेले सरकारी ,नीजि र सहकारीबाटै देशको समृद्धि संभव भएकाले तिन खम्बे अर्थ नीति लागु भएको अवस्थामा सहकारी संस्थाले पनि देश बिकासमा महत्वपुर्ण भुमिका खेलेकोे बताउदै स्थानिय जनप्रतिनिधीहरुले बुझ्न आवश्यक रहेको बताएका थिए । 


त्यस्तै उन्नति कृषि सहकारी संस्थाका अध्यक्ष पदम बहादुर बाँनियाले जुनसुकै संस्था सफल हुनका लागि कर्मचारी सञ्चालक समिति र सेयर सदस्यको ठुलो भुमिका हुने भएकाले सम्पुर्ण सहकारी कर्मीहरु एकजुट भएर लाग्नु पर्नेमा जोड गर्दै सस्थाले गरेका काम र गल्तिलाई औल्याएर त्यसप्रति खबरदारी गर्ने अधिकार सेयर सदस्यको रहेको बताए । कार्यक्रममा अरनिको बोर्डिङ स्कुलका प्रिन्सिपल सम्मर बहादुर कार्र्कीले सहकारीले पनि शैक्षिक कार्यक्रम ल्याइ एस.इ.इ. परिक्षमा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छात्रछात्राहरुलाई सम्मान गर्नुपर्ने बताए । 
संस्थाका लेखा समिति संयोजक मुक्तिप्रसाद सापकोटाले सहकारीको आर्थिक कारोबारका बारेमा जानकारी गराएका थिए । उनका अनुसार सहकारीले ७ करोड ५२ लाख लगानी गरेर ५ करोड बचत गर्न सफल भएको छ ।

त्यस्तै सहकारीको ४ करोड २२ लाख ८८ हजार ३ सय शेयर पुँजी रहेको छ भने ९५ लाख ६ सय तरलता रहेको छ ।  शेयर सदस्यहरुको उल्लेख्य सहभागीता रहेको कार्यक्रमको संचाला सचिव जगदिस गौतमले गरेका थिए । सहकारीले यस अघि पनि साविक ढोरफिर्दी तथा घारी तालवेशीँका शेयरसदस्यहरुसंग अन्तरक्रिया गरेको थियो । शेयर सदस्यहरुलाई  सहकारीको नीति ,कारोबार तथा लगानीबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको हो । सहकारीमा ३ सय ७ जना शेयर सदस्यहरु आवद्ध छन् ।