आजको मिती : २०७५ भदौ ४ सोमबार

समय :१०:४२

Logo

स्थानीय

विश्व हिन्दु महासंघ नेपालको शुक्लागण्डकीमा शाखा गठन


दुलेगौँडा ।
तनहुँको शुक्लागण्डकीमा विश्व हिन्दु महासंघ नेपालको शुक्लागण्डकी नगरस्तरीय शाखा गठन गरिएको छ । नारायण घिमिरेको अध्यक्षतामा शाखाको  कार्यसमिति गठन गरिएको हो । समितिको सदस्यहरुमा हरिराज घिमिरे , नारायण प्रसाद खनाल ,यम बहादुर खाँड ,विजय लामिछाने ,जगत बहादुर थापा ,राम चन्द्र श्रेष्ठ चयन भएका छन् भने बाँकी सदस्य समितिको आगामी बैठकले मनोनित गरी १३ सदस्य पु¥याउने बताइएको छ ।विश्व हिन्दु महासंघ नेपालको विधान अनुसार ओम्कार परिवारलाई संगठित र सक्रिय गराई नेपाललाई बैदिक सनातन हिन्दुराष्ट्रको रुपमा स्थापना गर्ने उद्देश्यले समिति गठन गरिएको अध्यक्ष नारायण घिमिरेले बताए । उनले हिन्दु धर्मको संरक्षण र प्रवद्र्धनका लागि समितिले विभिन्न  गतिविधि गर्ने बताएका छन् । भेलामा विश्व हिन्दु महासंघ केन्द्रिय उपाध्यक्ष बेदनिधि शर्मा, तनहुँका अध्यक्ष तुलसीशरण सिग्देल ,कास्कीका अध्यक्ष शंकर बराल लगायतको उपस्थिति रहेको थियो ।