आजको मिती : २०७४ फाल्गुण ९ बुधबार

समय :०३:०१

Logo

स्थानीय

शुक्लागण्डकीस्थित श्रीराम मोटर मार्ग उपभोक्ता समिति गठन

भुजिकोट ।

तनहुँको शुक्लागण्डकी वडा नं १ र २ अन्र्तगत पर्ने श्रीराम मोटर मार्ग उपभोक्ता समिति गठन गरिएको छ । स्थानिय उपभोक्ताहरुको एक भेलाले स्थानिय सुर्य बहादुर बाँनियाको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति सहित अनुगमन तथा सल्लाहाकार समिति समेत गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा जित बहादुर गुरुङ, सचिवमा विष्णु कुमार श्रेष्ठ, कोषाध्यक्षमा ज्ञान माया गुरुङ चयन भएका छन् भने सदस्यहरुमा पुन नारायण श्रेष्ठ,शान्ति भुजेल थापा ,सुशिला श्रेष्ठ ,धन बहादुर सुनार र नर बहादुर गुरुङ चयन भएका छन् ।


त्यस्तै भक्त बहादुर गुरुङको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ सदस्यहरुमा बाबुराम कार्की , पुर्ण बहादुर श्रेष्ठ र राजन रिमाल छन् । सल्लाहकार सदस्यहरुमा ३ नं का वडाध्यक्ष राम कुमार श्रेष्ठ ,२ का वडाध्इष जगत् बहादुर गुरुङ र बुद्धि सागर रिमाल रहेका छन् ।उक्त मोटर मार्गले शुक्लागण्डकी ३ स्थित वनकेवा र भुजिकोटलाई जोडेको छ ।

यस मोटर मार्गको स्तरउन्नति भएका स्थानियहरुलाई आवत जावत गर्न, पर्यटन तथा ग्रामिण कृषिको विकासमा कोसेढुङ्गा साबित हुने बताइएको छ । भुजिकोट होम स्टे र त्यहाँ निमार्ण गरिएको भ्यु टावरबाट प्राकृतिक सुन्दरता हेर्न र घुम्न जाने  पर्यटकहरुलाई पनि आवत जावतमा सहज हुने छ । हाल उक्त मोटर मार्गको स्तरोन्नतिको काम भइरहेको छ । वडा नं ३ ले उक्त मार्गको स्तरोन्नतिका लागि ४ लाख रकम विनियोजन गरेको छ ।