आजको मिती : २०७४ फाल्गुण ९ बुधबार

समय :०२:५३

Logo

स्थानीय

Image

बसमा छोडिएको करिब साढे एक लाख सामान र नगद सहितको ब्याग प्रहरीले बुझायो  


दुलेगौँडा ।

इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँले बसमा छोडिएको ब्याग र ब्यागमा भएको नगद ,सुन र मोबाइल सम्बन्धित धनीलाई मंगलबार हस्तान्तरण गरेको छ ।गोरखाका जिवन थापा मगर र कविता थापा मगरले महेन्द्रनगरबाट आबुखैरेनी झर्ने क्रममा मंगलवार विहान बसमै ब्याग छोडेका थिए । बुबाको निधनको खबरले भारतमा कार्यरत थापा नेपाल फर्किएका थिए । महेन्द्रनगरबाट पोखरा आउँदै गरेको महाकाली समितिको ना ७ ख ५९४९ नम्वरको बसमा जिवनको श्रीमतीले प्रयोग गर्दै आएको लेडिज ब्याग बसमै छोडिएको थियो ।  

ब्यागमा नगद करिव ६ हजार रुपैयाँ, दुई तोला सुन, एक सेट आफोन, नागरिकता लगायतका सामानहरु थियो । ब्याग बसमा छोडिएको थाहा भएपछि उनीहरुले जिल्ला प्रहरी कार्यालय तनहुँमा प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि  करिव १० बजे इलाका प्रहरी कार्यालय बेलाचौताराले फेला पारेको थियो ।समान फेला परेको थाहा पाएपछि गाडी रिजर्भ गरेर बेलचौतारा आएका जीवनलाई उक्त ब्याग हस्तान्तरण गरिएको थियो ।


उनले आफुहरु बसबाट झर्ने बेलामा यादै नभएको भन्दै छुटेका महत्वपूर्ण सामान फेला परेमा खुसी व्यक्त प्रहरीलाई धन्यवाद दिएका थिए । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले यात्रुहरुले सुरक्षित रुपमा सामान राख्नुपर्ने र झर्ने बेलामा सबै सामान चेकजाँच गर्नुपर्ने बताउँदै प्रहरीको काम नै जनताको सेवा गर्ने भएको बताए ।