आजको मिती : २०७५ जेठ १३ आइतबार

समय :०१:४३

Logo

स्थानीय

Image

दुलेगौँडास्थित कवासेमा फागुन १६ देखि रमाइलो महोत्सव हुने 


दुलेगौँडा ।


तनहुँको शुक्लागण्डकी स्थित कवासेमा तेस्रो कवासे रमाइलो महोत्सव हुने भएको छ ।मंगलबार दुलेगौँडामा पत्रकार सम्मेलन मार्फत् आयोजकले आगामी फागुन १६ गते देखि २० गतेसम्म महोत्सव संचालन हुने जानकारी दिएको हो । स्थानिय प्रतिभाको प्रस्फुटन एवं प्रोत्साहन ,मौलिक कला संस्कृतिको संरक्षण गर्दै यस क्षेत्रको धार्मिक तथा पर्यटकीय स्थलको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यले कवासे युवा क्लबको आयोजना र वडा नं ३ को वडा कार्यालयको सहआयोजनामा महोत्सव हुने भएको छ।

 

महोत्सवमा स्थानिय कृषि उत्पादनलाई विशेष जोड दिदैँ रमाइलो मेला एवं राष्टि«य तथा स्थानियस्तरका कलाकारहरुद्धारा साँस्कृतिक प्रस्तुती लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रमहरु हुने भएको छ । साथै महोत्सवको मुख्य आकर्षणको रुपमा नेपाल आइडलका फाईनलिष्टहरुको प्रस्तुती ,हाँस्यप्रहसन ,रत्यौली प्रतियोगीता ,विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगीता ,लाखे तथा झाँकी प्रदर्शन , कालिम¥याङ् होम स्टे अवलोक एवं बास ,भुलभुले बाराहीको दर्शन ,भुजिकोट भ्यु टावरबाट दृश्य अवलोकन एवं रक गार्डेनको अवलोकनका साथै ३५ बर्ष माथिका पुरुष भलिबल प्रतियोगीता रहेको महोत्सव संयोजक दिपेन्द्र रिमालले जानकारी दिएका छन् । रमाइलो मेला अन्र्तगत डुङ्गा एवं रोहटे पिङ्ग र हात्तीमा सवार गर्न पाइने  छ। त्यस्तै महोत्सवमा  युवापुस्तालाई लक्षित गरी दुई दिन साँझमा डिमोर्चा व्याण्डका साथै  चर्चित व्याण्डहरुबाट कन्सर्ट समेत आयोजना गरिने क्लबका सचिव सुरज लम्सालले जानकारी दिए ।

 

महोत्सवमा खाजा, खाना ,व्यापारिक तथा कृषिका गरी ६० वटा स्टल रहनेछन् ।करिब २५ लाख लगानी गरेर महोत्सवमा संचालन गरिने र ६० हजार दर्शक भित्राउँदै ३५ लाखको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य रहेको छ । महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ४० र अन्यलाई ६० रुपैयाँको टिकट तोकिएको छ । विगतका बर्षहरुमा मेलाको रुपमा आयोजना हुदै आएकोमा यस बर्ष देखि महोत्सवको रुपमा आयोजना गरिएको हो । महोत्सवमा विशेष प्रस्तुती हुने र चर्चित कलाकार एवं नयाँ अनुहारको प्रस्तुतीहरु रहने आयोजकको दाबी छ ।

 


पत्रकार सम्मेलनमा वडा नं ३ का वडाध्यक्ष राम कुमार श्रेष्ठले वडाले पनि कृषि र पर्यटनलाई विशेष जोड दिएको बताउँदै क्लबले पनि महोत्सवमा यि विषयलाई समेटेर अगाडी बढ्न सुझाव दिएका थिए । उनले कालिम¥याङ होमस्टे अवलोकन र बासको कार्यक्रम समेटेको प्रति खुसी व्यक्त गर्दे वडाबाट गर्न सक्ने सवै खाले सहयोग गर्ने बताए ।


वडा नं ४ का वडा अध्यक्ष शिव कुमार श्रेष्ठले मनोरञ्जनमा मात्र केन्द्रित नभई महोत्सवले स्थानिय सम्भावना र उत्पादनलाई जोड दिनु पर्ने बताए ।दुलेगौँडा बजार इकाईका सभापति राज कुमार वाग्लले धार्मिक पर्यटन र यहाँको कला संस्कृतिलाई महोत्सवको माध्यमबाट संरक्षण गर्दै कवासेको पशिचान बनाउनु पर्नेमा जोड दिए ।


कार्यक्रममा कपासे खानेपानी उपभोक्ता समितिका अध्यक्ष ठान प्रकाश न्यौपाने, क्लबका सल्लाहाकार सदस्य दधिराज पौडेल ,परशुराम भण्डारी र राजन रिमालले  महोत्सवमा सवै समुदायको कला संस्कृतिलाई सेट्नु पर्ने र व्यक्तिगत चर्चा र स्वार्थलाई त्यागेर सवैको महोत्सव भएकाले  मिलेर सफल पार्नु पर्नेमा जोड दिएका थिए । बताएका थिए ।कार्यक्रममा धन्यवाद ज्ञापन बिबेक खनालले र संचालन सुरज लम्सालले गरेका थिए ।