आजको मिती : २०७५ भदौ ४ सोमबार

समय :१०:४३

Logo

खेलकुद

Image

भीमादमा प्रथम मेयर कप हुने

दुलेगौँडा :- तनहुँको भीमादमा प्रथम भीमाद नगरपालिका मेयर कप हुने भएको छ । प्रतियोगीता  आगामी फागुन ९ देखि १२ गते सम्म चल्नेछ ।" अनुशासन विकास र गतिशिलता ,व्यवसायिक खेलकुद नगरको आवश्यकता" भन्ने मुल नाराका साथ हुन लागेको हो ।
प्रतियोगीतामा वडा स्तरीय भलिबल प्रतियोगीता , विधालय स्तरीय छात्र छात्रा भलिबल  ,विधालय स्तरीय एथ्लेटिक्स प्रतियोगीता समावेश गरिएको छ । अहिले नै नगद पुरस्का घोषणा नगरेतापनि  प्रतियोगीताको विजेताले नगद सहित  कप ,मेडल र प्रमाण- पत्र प्राप्त गर्ने भीमाद नगरपालिका वडा नं ७ का अध्यक्ष सुर्यकुमार श्रेष्ठले जानकारी दीएका छन् । प्रतियोगीता भिमाद रंगशाला हुनेछ । प्रतियोगीता युवा तथा खेलकुद विकास समिति भीमादको आयोजनामा हुन लागेको हो ।