आजको मिती : २०७५ जेठ ११ शुक्रबार

समय :०८:५८

Logo

राष्ट्रिय

Image

प्रजातन्त्र दिवसमा टेलिकमका ग्राहकलाई ‘फ्रिडम प्याक’

फागुन ७  । 

प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ ।  कम्पनीका जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले उक्त प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रूपमा गर्न सक्ने टेलिकमले जनाएको छ ।जिएसएम तथा सिडिएमएका ग्राहकले उक्त प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्नेछन् । उक्त प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने टेलिकमले जनाएको छ । 
 
आजबाट सुरु भएको फ्रिडम प्याक आउँदो फागुन ८ गतेसम्म खरिद गर्न सकिनेछ । एकपटक खरिद गरेको प्याक सकिएपछि अर्कोपटक पनि प्याक खरिद गर्न सकिने टेलिकमको विज्ञप्तीमा उल्लेख छ । तर एकपटकमा एउटा प्याक मात्र खरिद गर्न पाइने छ ।