आजको मिती : २०७४ असोज १० मंगलबार

समय :११:४३

Logo

मनोरञ्जन

Image

शुक्लागण्डकीको खैरेनीटारमा मुर्बै मुसारा प्रदर्शन हुने

राज कुमार आले 
साउन २६ ,दुलेगौँडा  
भकारी फिल्मस् प्रालिको ब्यानरमा निर्मित गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र मुर्बै मुसारा (आकाशको तारा) खैरेनीटारमा प्रिमियर शो हुने भएको छ । यहि साउन ३० गते श्रीकृष्ण जन्माष्ठमीको अवसर पारेर गुरुङ समाज भवनको सभाहलमा पहिलो पटक चलचित्रको प्रदर्शन गर्न लागिएको हो । गुरुङ जाति, परम्परा र संस्कृतिमा आधारित चलचित्र मुर्बै मुसाराले सामाजिक कथावस्तु बोकेको छ । लम्जुङको इलाम पोखरी ,भोटे ओडार ,पर्वत जिल्लाको भुक्का ताङले र पोखराको सुन्दर ठाँउहरुमा चलचित्रमा को छायाँकन गरिएको छ । पच्चिस लाखको लगानीमा निमार्ण गरिएको फिल्ममा ‘ म त तमुस्यो ,मुर्बै मुसारा ,सुपारी खान्न भन्थ्यौ ,लगायतका चार वटा गीतहरु समावेश गरिएको छ । चार गीत मध्ये दुई नेपाली भाषामा र दुइ वटा गुरुङ भाषामा तयार पारिएको छ  । सुपारी खान्न भन्थ्यौ,सोल्टीले दिएको गीतले चर्चा पनि पाइरहेको छ ।  

कृष्ण कुमार गुरुङद्धारा लेखन तथा निर्देशित फिल्म भकारी फिल्मस् प्रोडोक्शनमा बनेको हो । चलचित्रमा कुशल गुरुङ ,सपना गुरुङ ,डि।वी गुरुङ , युवराज गुरुङ ,राम बहादुर गुरुङ , कुमारी गुरुङ ,अमन गुरुङ ,बेली गुरुङ लगायतका कलाकारहरुको मुख्य भुमिका छ । चलचित्रमा लवशन गुरुङ,अमन गुरुङ र पवित्रा गुरुङको कोरियोग्राफी ,सन्तोष सारु मगरको द्धन्द्ध ,कृष्ण कुमार गुरुङको संगीत र प्रकाश गुरुङले छायाँङ्कन गरेका छन् । चलचित्रमा लाई राम गुरुङ ,युवराज गुरुङ ,कुशाङ् गुरुङ र नर बहादुर गुरुङ (एन बि) ले निमार्ण गरेका हुन् ।   


चलचित्रमा नायक गुरुङ गाठालोको भुमिकामा देखिएका छन् भने नायिका सपना गुरुङलाई सम्पन्न परिवारको छोरीको भुमिकामा देख्न सकिन्छ । चलचित्रमा एउटा गोठालो र धनी बाउकी छोरीकोबीचको प्रेम कथा ,कमेडी र एक्सन सहित सामाजिक सन्देश बोकेको नायक कुशल गुरुङले बताए । “निकै मेहनत गरेको छु , फिल्मले दर्शकको मन जित्नेमा आशावादी  छु ,उनले भने ।“ ३० गते सोमबारको शोमा दर्शकको राम्रो साथ पाउने अपेक्षा गरेको नायक गुरुङले बताए । 


पोखरा , काठमाडौँ ,लमजुङ ,चितवन  ,बुटवल ,कुस्मा. नेपालगन्ज लगायत देशका विभिन्न भागहरुमा प्रदर्शन हुने चलचित्र यु.के , हङकङ ,बेल्जियम ,दुबई ,कतार अमेरिकामा समेत प्रदर्शन  हुने भएको छ । आउँदो सेप्टेम्बर १७ तारिखमा यु.केको एम्पाएर हलमा चलचित्रको विशेष शो हुने भएको हो भने हङकङमा पनि सेप्टेमबर भित्रै प्रदशर्न गर्ने गरी तयारी गरिएको चलचित्र युनिटले जनाएको छ ।