आजको मिती : २०७५ भदौ ४ सोमबार

समय :१०:४३

Logo

खेलकुद

Image

आदर्श तारा स्मृति कपको उपाधि आयोजक आर्दश भेट्रान्सले उचाल्यो 


दुलेगौँडा ।

आर्दश तारा स्मृति कप ,सेभेन- ए साइड फुटबल प्रतियोगीताको उपाधि आदर्श भेट्रान्स मनहरीले उचालेको छ । मंगलबार म्याग्दे गाउँपालिका स्थित मनहरीको खेल मैदानमा भएको फाइनल खेलमा काँहुमिलन ,झापुटारलाई २-० गोल अन्तरले पाखा लगाउँदै आदर्शले उपाधि माथि कब्जा गरेको हो । खेलमा पहिलो हाफको १५ औँ मिनेटमा आर्दश भेट्रान्सको तर्फबाट सुजन श्रेष्ठले गोल गर्दै अग्रता दिएका थिए । त्यसको ८ मिनेटपछि  भिम तुलाचनले थप एक गोल थप्दै आर्दशको अग्रता दोब्बर बनाएका थिए । त्यसपछि खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि आदर्श भेट्रान्सले उपाधि जितेको हो ।

उपाधि विजेता आर्दशले ५० हजार नगद ,ट्रफी ,मेडल र प्रमाण पत्र हात पारेको छ भने उप विजेता काँहुमिलनले २१ हजार नगद, ट्रफी ,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।प्रतियोगीतामा शुक्लागण्डकी युवा क्लबका खेलाडी अनुज भण्डारी उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै काँहुमिलनका अमृत सारु मगर सर्वाधिक गोल कर्ता र काँँहु मिलनकै धन बहादुर आले उत्कृष्ट गोल रक्षक घोषित हुदै जनही १ हजार नगद सहित ट्रफी जितेका छन् ।

 


आर्दश नमुना क्लब मनहरीद्धारा आयोजित प्रतियोगीतामा जिल्लाभित्रका क्लबहरुले सहभागीता जनाएका थिए । विजेता तथा उपविजेता समुहलाई प्रमुख अतिथि एवं म्याग्दे गाँउपालिका अध्यक्ष माया राना र वडा नं ४ का वडाध्यक्ष प्रेम बहादुर थापाले पुरस्कार वितरण गरेका थिए । क्लबका अध्यक्ष गौरबराज रानाको अध्यक्षतामा आयोजित पुरस्कार वितरण समारोहमा मनहरी खानेपानी समितिका अध्यक्ष प्रेमराज अधिकारी, मनहरी बजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्र कुमार मल्ल लगाएतले बोलेका थिए भने  कार्यक्रमको सञ्भालन मलिन मल्लले गरेका थिए ।
काँगेसका नेता एवं म्याग्देको विकास कर्ता स्व.ताराराज राना मगरले खेलकुदको विकासमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै स्व. रानाको स्मृतिमा आदर्श तारा स्मृती कप आयोजना गरिएको क्लवका अध्यक्ष राना मगरले बताए ।