आजको मिती : २०७५ असोज २९ सोमबार

समय :०५:०२

Logo

खेलकुद

Image

भिमादमा जारी प्रथम मेयर कप खेलकुद प्रतियोगीता सम्पन्न ,भलिबलतर्फको उपाधि वडा नं ८ लाई ,विद्यालयतर्फ जनज्योति च्याम्पियन


दुलेगौँडा ।

भिमाद नगर युवा तथा खेलकुद विकास समितिको आयोजनमा भएको प्रथम भिमाद नगरपालिका मेयर कप शनिवार सम्पन्न भएको छ ।भिमाद रंगशालामा भएको वडा तथा नगरभित्रका मा.वि स्तरीय प्रतिष्पर्धामा विभिन्न खेलहरु खेलाइएको थियो । 
प्रतियोगीता अन्र्तगत वडास्तरिय भलिबल प्रतियोगिताको उपाधी भिमाद वडा नं -८ ले जितेको छ । शनिबार भएको फाइनल खेलमा वडा नं-७ लाई २५-१७ ,२६-१८ र २७-२५ को सोझो सेटमा हराउदैँ वडा नं -८ ले उपाधी उचालेको हो । प्रतिष्पर्धामा वडा नं ७ उपविजेता बन्यो भने वडा नं-४ ले तेस्रोमा चित्त बुझाएको छ । उसले २–१ को सेटमा वडा नम्बर १ लाई पराजित गरेको थियो । ९ टिमको सहभागीता रहेको यो विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजारको साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।


त्यस्तै मावि स्तरीय छात्र भलिबलतर्फ पार्वती मा.विले उपाधि जितेको छ ।फाइनलमा अरुणोदय माविलाई  २३-२५  ,२५-१७ र २५-१८ ले हराएउँदै पार्वतीले उपाधि माथि कब्जा गरेको हो । धर्म मा.वि बागटारलाई पराजित गरी बुचाखानी मा.वि बुचा तेस्रो भएको छ ।यो बिधामा पहिलो हुनेले क्रमशः २० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजारको साथमा ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ ।    


छात्रा भलिबल तर्फको उपाधि भने हिमालय मा.वि भानुमतिले जितेको छ । फाइनलमा हिमालयले मंगलोदय मा.वि अरौदीलाई २५-२१, २५-२० र २५-२१ ले पराजित गरेको हो । खेलमा जनज्योति मा.वि भिमाद तेस्रो भएको छ । जनज्योतिले धर्म मा.वि बागटार लाई हराएको हो । यो स्पर्धामा प्रथम द्धितिय र तृतियलाई क्रमंश: १७ हजार,१२ हजार र ७ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।सो अवसरमा १०० मिटर, २०० मिटर र ४०० मिटरको स्पर्धामा छात्रछात्रा एथ्लेटिक्स भएको थियो । 


१०० मि. को छात्रातर्फको दौडमा मंगलोदयकी शिर्षा खत्री प्रथम ,धर्म माविकी मनिताभण्डारी द्धितिय निर्मला श्रेष्ठ तृतिय भएकी थिइन् । त्यस्तै छात्रतर्फ जनज्योति माविका याम बहादुर कुमाल प्रथम , दीपक माविका विष्णु कुमार श्रेष्ठ द्धितिय र अमर भु.पु सैनिकका सन्तोष श्रेष्ठ तृतिय भएका थिए ।


२०० मि. दौडमा छात्रातर्फ धर्म मा.विकी निरुता मल्ल प्रथम, जनज्योति मा.विकी स्वस्तिका वाग्ले द्धितिय र हिमालय मा.वि भानुमतीकी सनु गैह्रे तृतिय भइन् ।छात्रतर्फ जन ज्योतिका याम बहादुर कुमाल प्रथम ,दीपक माविका सहनशील भुजेल दोस्रो र शंकर मा.विका विष्णु बहादुर थापा तेस्रो भए ।


४०० मि. दौडमा छात्रातर्फ धर्म मा.विकी खगी कुमाल पहिलो ,अमर भु.पु सैनिककी ममता श्रेष्ठ दोस्रो र जनज्योतिकी संगीता कुमाल तेस्रो भइन् ।छात्रतर्फ दीपक मा.विका मनवीर श्रेष्ठ पहिलो, भीम मेमोरियलका आकाश श्रेष्ठ दोस्रो र भिमाद पब्लिकका जित बहादुर कुमाल तेस्रो भए । 

 

यस्तै हाइजम्प छात्रातर्फ मंगलोदय मा.विकी शिर्षा खत्री पहिलो, दीपक मा.विकी खेम माया गुरुङ दोस्रो र जनज्योतिकी स्वस्तिका वाग्ले तेस्रो भइन् ।छात्रतर्फ मंगलोदयका गुप्त बहादुर राना पहिलो ,धर्म मा.विका दिनेश वि.क दोस्रो र दीपक मा.विका विष्णु कुमार श्रेष्ठ तेस्रो भएका थिए ।

लङजम्प स्पर्धाको छात्रातर्फ धर्म मा.विकी अति माया राना पहिलो ,दीपक मा.विकी सविता परियार दोस्रो र जनज्योतिकी संगीता कुमाल तेस्रो भइन् ।छात्रतर्फ जनज्योतिका अतिल दवाडी पहिलो ,शंकर मा.विका आशिक घर्ती दोस्रो र माउण्ट अन्नपुर्णका प्रविण उचै तेस्रो भए । 


ट्रिपल जम्पमा छात्रातर्फ धर्म मा.विकी अति माया राना पहिलो,जनज्योतिकी ममता श्रेष्ठ दोस्रो ,हिमालय मा.विकी नितुमाया थापा तेस्रो भइन् ।छात्रतर्फ जनज्योतिका अनिल दवाडी प्रथम ,हिमालयका अशोक श्रेष्ठ द्धितिय र मंगोलदयका सुरेन्द्र वि.क तृतिय भए ।


सर्टफुट स्पर्धामा छात्रातर्फ जनज्योतिकी अत्तजली राना पहिलो ,हिमालयकी सरस्वती शाही दोस्रो र धर्मकी संगीता थापा तेस्रो भइन् ।छात्रतर्फको स्पर्धामा शंकर माविका हेम नेपाली पहिलो , जनज्योतिका रामवीर थापा दोस्रो र दीपक माविका सहनशील भुजेल तेस्रो भए । 


ज्याबलिङ थ्रोमा छात्रातर्फ धर्मकी संगीता थापा पहिलो ,जनज्योतिकी अञ्जली राना दोस्रो रहिमालयकी अञ्जना श्रेष्ठ तेस्रो भइन् ।त्यसै गरी छात्रतर्फ मंगलोदयका कृष्ण बहादुर कुमाल पहिलो , दीपकका सहनशील भुजेल दोस्रो र जनज्योतिका सौगात थापा तेस्रो भए । यि सबै विधामा प्रथम ,द्धितिय र तृतिय हुने खेलाडीहरुलाई क्रमशं: २ हजार ,१ हजार पाँच सय र १ हजार नगद पुरस्कार सहित मेडल प्रमाण पत्र प्रदान गरिएको थियो ।मा.वि स्तरीय स्पर्धामा सर्वाधिक अंक प्राप्त गरी जनज्योति मावि भिमाद च्याम्पियन बनेको छ । त्यस्तै मंगलदोय मावि अरौदी द्धितिय भएको छ भने धर्म मावि भिमाद बाघटार तृतिय भएको छ । विजेता विद्यालयहरुलाई ट्रफी प्रदान गरिएको थियो ।


प्रतियोगीतामा विजयी खेलाडी एवं समुहलाई भिमाद नगरपालिका मेयर मेख बहादुर थापा ,जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष ऋषिराम भुषाल र भिमाद नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सुर्य कुमर श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै मेयर थापाले खेलकुद स्वास्थ्य र राष्ट्रको पहिचानको लागि आवश्यक भएको बताउँदै नगरभित्र रहेका प्रत्येक विद्यालयमा एक जना खेलकुद शिक्षक एवं प्रशिक्षक नियुत्ती गर्ने बताएका थिए ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिष्पर्धामा स्थानिय स्तरबाट खेलाडी उत्पादन  गरी सहभागी गराउने उद्देश्यले स्थानिय तह कार्यान्वयनमा आएपछि प्रथम मेयर कप आयोजना गरिएको हो । प्रतियोगीता सम्पन्न गर्न भिमाद नगरपालिकाले २३ लाख रुपैयाँ विनियोजन गरेको थियो ।