आजको मिती : २०७५ जेठ ११ शुक्रबार

समय :०८:५६

Logo

राष्ट्रिय

Image

कोरियाले आगामी वर्ष ७ हजारभन्दा बढी नेपाली कामदार लैजाने ,फारम चैतमा खुल्ने, परीक्षा जेठमा हुने

दुलेगौँडा ।

दक्षिण कोरियाले आगामी वर्ष नेपालबाट इपीएसमार्फत ७ हजारभन्दा बढी कामदार लैजाने भएको छ । कोरियाको मानव संशाधन विभाग (एचआरडी)ले सन् २०१९का लागि ७ हजारभन्दा बढी कामदारको कोटा सिलिङ तोकिएको जानकारी इपीएस कोरिया शाखालाई गराएको छ ।अब आगामी चैतको दोस्रो साता भाषा परीक्षामा सामेल हुनेसँग अनलाइन आवेदन लिइनेछ । जेठको अन्तिम साता कोरियन भाष्षको परीक्षा हुने इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर पराजुलीले जानकारी दिए ।अबको वर्ष परीक्षा दिनेमध्येबाट कृषितर्फ २ हजारभन्दा बढी र उत्पादनमूलक क्षेत्रतर्फ करिब ५ हजार परीक्षार्थी उर्तीण हुने इपीएस कोरिया शाखाले जनाएको छ ।


सन् २०१८ को लागि १० हजार १ सय कामदारको सिलिङ दिएको कोरियाले १२ हजार १ सय ८ जना परीक्षार्थीलाई भाषा परीक्षामा पास गराएको थियो । रोजगार अनुमति प्रणाली ९इपीएस० अन्तरगत सन् २०१९ को कोरियन भाषा परीक्षाको फारम चैत दोस्रो सातामा खुल्नेछ । यो वर्ष इपीएस भाषा परीक्षा जेठको अन्तिम सातामा हुनेछ । त्यसको विस्तृत तालिका शाखाले केही दिनमा सार्वजनिक गर्ने प्रवक्ता पराजुलीले बताए । र, यो पटक पनि अघिल्लो वर्षजस्तै अनलाइन फारम भर्न सकिनेछ । परीक्षा कहिलेबाट कहाँ-कहाँ हुने भन्ने विस्तत तालिका शाखाले परीक्षा आवेदन फारम संकलन गरेपछि प्रकाशित गर्नेछ ।