आजको मिती : २०७५ भदौ ४ सोमबार

समय :१०:४३

Logo

स्थानीय

Image

शुक्लागण्डकी हलेदीमा मोटरसाइकल र ट्याक्टर ठक्कर खाँदा पौडेलको मृत्यु


दुलेगौँडा ।
पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको शुक्लागण्डकी -२ , हलेदीमा बुधबार दिउँसो मोटर साइकल र ट्याक्टर एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । दुर्घट्नामा परी मोटरसाइकल चालक शुक्लागण्डकी ६ खैरेनीटारका २२ बर्षिय मुकेश पौडेलको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख एवं प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिएका छन् । घाइते पौडेलको पोखरास्थित मेट्रो सिटी हस्पिटलमा उपचारको क्रममा दिउँसो ४ बजे मृत्यु भएको हो । उनलाई दुर्घट्ना लगत्तै तनहुँ सेवा हस्पिटल दुलेगौँडामा सामान्य उपचारपछि पोखरा लगिएको थियो ।
कोत्रेबाट गाछेपानी आउँदै गरेको ग १ त १०३६ नं को ट्याक्टर र दुलेगौँडाबाट पोखरातर्फ जाँदै गरेको ग १२ प ८२४९ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए । ट्याक्टर र कञ्चनपुर घर भएका १९ बर्षिय चालक जगदिश चौधरी इलाका प्रहरी कार्यालय बेलचौतराको नियन्त्रणमा रहेका छन् ।