आजको मिती : २०७५ जेठ ११ शुक्रबार

समय :०८:५८

Logo

स्थानीय

Image

शुक्लागण्डकीमा पनि १०८ औँ नारी दीवस मनाइयो ,पुरुष सरह समान हकको व्यवस्था गर्न अझै एउटा आन्दोलन बाँकी : कोइराला

शिव आले मगर , दुलेगौँडा :-  बिहीबार  मार्च ८ तारिख अन्तराष्ट्रिय नारी दीवस विश्वभर भव्यताका साथ मनाइएको छ । यसै क्रममा तनहुँको शुक्लागण्डकी ८ मा पनि विविध कार्यक्रम सहित मनाइएको छ । उक्तm कार्यक्रममा बोल्ने अधिकाश वतmाहरुले राज्यले महिला तथा पुरुष लाई समानुपातिक अधिकार दीनु पर्ने तर महिलाहरुले भने राज्यले दीएको ३३ प्रतिशत अधिकार पनि प्रयोग गर्ने नसकेको बताएका थिए ।

कार्यक्रमको उद्घाटन गदै पुर्वमन्त्री एवं प्रदेश सभा सांसद आशा कोइरालाले पुरुष सरह समान हकको व्यवस्था गर्न अझै एउटा आन्दोलन बाँकी रहेको बताइन् । नेपाली इतिहासको विभिन्न कालखण्डमा भएका महिलाहरुको आन्दोलनले केहि हक अधिकार प्राप्त गरिएको भए पनि सम्मान् अवसर र हक प्राप्त नभएको उनको भनाई छ । तनहुँको शुक्लागण्डकी ८ ढोरफिर्दीमा आयोजित १०८ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आजोजित कार्यक्रममा बोल्दै कोइरालाले संविधानमा भने धेरै हक अधिकारहरुको व्यवस्था गरेको बताइन् । उनले भनिन् हामी महिलाहरुलाई सम्पत्तिको ,बंशजको ,हरेक उत्पादनको काममा जाने अधिकार छ भने राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भनेर उल्लेख गरिएको बताए । उनले संविधानमा लेखिएका र ऐन कानुनमा उल्लेख गरिएका विषयहरु कार्यान्वयन गरिनु पर्ने बताउँदै यि विषयहरु व्यवहारमा कार्यान्वयन गराउन सके महिलाको धेरै समस्याहरु समाधान हुने उल्लेख गरिन् ।सांसद कोइरालाले संसद र नीति बनाउने ठाँउमा मात्र नभएर सत्ता संचालन गर्ने र अन्य हरेक ठाँउमा महिलाको समान प्रतिनिधित्व हुनु पर्नेमा जोड दिइन् । महिलालाई संसद र नीति निर्माण गर्ने ठाँउमा मात्र होइन सरकार चलाउन पनि अवसर दिनुपर्छ उनले भनिन् अब ३३ र ४० प्रतिशत होइन ५० प्रतिशत महिला सहभागीता गराउनु बताएकी थिइन् । उनले राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा समान् ज्याला ,सहभागीता र अवसर दिनुपर्ने बताउँदै यसका लागि सम्पुर्ण महिलाहरु एकतावद्ध भई संगठित हुन आवश्यक रहेको बताइन् । 

शुक्लागण्डकी ८ का अध्यक्ष कृष्ण रेग्मिले महिलाहरु सक्षम बन्नका लागी आर्थिक उपार्जनमा लाग्नुपर्ने समय आएको बताउँदै वडा बाट सक्दो सहयोग गर्ने बताए  ।  उक्तm अवसरमा वडा नं ९ का अध्यक्ष लोकनारायण श्रेष्ठ ,नेपाली काग्रेस शुक्लागण्डकी नगर समिती का सभापति माधव भट्टराई , संस्थाकी निर्वतमान अध्यक्ष इन्दिरा भट्टराई लगायतले बोलेका थिए । 


सोही अवसरमा कविता र गायन प्रतियोगीता समेत आयोजना गरिएको थियो । कविता तर्फ नम्रता पौडेल मरासिनी प्रथम ,द्धितीय निर्मला मानन्धर ,तृतिय सुविना भुजेल , सान्तवना प्रमीलम पौडेल भएका थिए ।गायन तर्फ अन्नपुर्ण कृषक समुह प्रथम ,दीदी बहिनी बचत समुह द्धितीय , बराही खोला आमा समुह तृतिय , एकले आमा समुह सान्तवना भए ।


कविता र गायन प्रतियोगीतामा प्रथम ,द्धितीय , तृतिय र सान्तोवना  हुनेलाई क्रमश नगद १५ सय ,१ ह्जार ,७ सय ,५ सय प्रदान गरिएको थियो ।
साथै उत्कृष्ट नृत्य प्रस्तुत गरेका सलिना वि।क ,विपना वि।क ,देवीका पौडेललाई जनही ५ सय रुपैँया प्रदान गरिएको थियो । साथै सोही कार्यक्रममा संस्थाका ७० नाघेका शेयर सदस्य र एकल महिला हरुलाई दोसल्ला ओढाएर सम्मान गरियो भने निम्न आय स्तर भएका शेयर सदस्य  भएका मध्ये एक छात्र र छात्रालाई जनही एक हजारका दरले छात्रवृति वितरण गरिएको थियो ।


“आर्थिक सशक्तिmकरण सहितको सामाजिक जागरण ,ग्रामीण तथा शहरी जीवनस्तर रुपान्तरण “ भन्ने मुल उदेश्य सहित ढोरबाराही बचत तथा रीण सहकारी संस्था को आयोनामा उक्तm कार्यक्रम भएको हो । संस्थाकी अध्यक्ष डम्मर कुमारी भट्टराई  को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तmव्य व्यवस्थापक सरस्वती तिमील्सीना र सञ्चालन सचिव सावित्रा शर्मा ले गरेका थिए ।