आजको मिती : २०७५ असोज ५ शुक्रबार

समय :१०:२४

Logo

स्थानीय

Image

रातको २ बजे ढुङ्गा गिटीको तस्करी ,प्रहरी पुगेपछि तस्करहरुको भाग भाग 

राज कुमार आले 
दुलेगाँडा ।

तनहुँको शुक्लागण्डकी-२, नर्सरीस्थित छत्रफाँटबाट अवैध रुपमा ढुङ्गा, गिटी बालुवा झिक्न गएका ५ वटा ट्रिपर, एउटा स्काभेटर र दुई जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलचौतराको टोलीले  शुक्रबार राती २ बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो ।प्रहरीले जेएस २०५ एलसी लेखेको चेनवाला स्काभेटर ,ग १ क १५६२ नं , ग १ ख १६५२ नं ,ना ७ ख २२२८ ,ना ७ ख २१५६ नं र ना ७ ख २१५७ नम्बरको टिप्पर प्रहरीले नियन्त्रणमा लिएको हो । ग १ ख १६५२ नं को टिप्पर एम आर कन्ट्रक्सन एण्ड इजिन्यिरिङ कम्पनीको रहेको छ भने अन्यको खलाइएको छैन । स्थानियहरु सुतेको अवस्थामा घाटतर्फ गइरहेको अवस्थामा स्थानियहरुले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । स्थानियको खबर पाए लगत्तै पुगेको प्रहरी टोलीलाई देखेपछि चालकहरुको भाग भाग भएको स्थानिय प्रत्यक्षदर्शीको भनाई छ ।


नियन्त्रणमा लिएको टिप्पर र चालकलाई थप अनुसन्धानको लागि जिल्ला समन्वय समितिमा पठाएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख एवं प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।यस क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न ,अवैध कारोबार र धन्दाहरुलाई हटाउन आफ्नो टिम विशेष ढङ्गाबट परिचालन गरिएको  निरीक्षक अधिकारीले बताए ।यस क्षेत्रमा अनुगमन गर्ने निकायहरु कमजोर बनेको र सम्बन्धित निकायकै जिम्मेवार व्यक्तिहरुको मिलेमतोमा यस्ता घट्ना पटक दोहोरी रहेको स्थानियहरुका आरोप लगाए ।

 


जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले अवैधानिक रुपबाट ढुङ्गा,गिटी तथा बालुवा झिक्न नपाइने बताए । उनले आवश्यक अनुसन्धान गरी कानुनमा उल्लेख भए अनुसार जरिवाना तथा सजाय गर्ने बताएका छन् । “हामीले पहिला अनुसन्धान गछौँ । त्यसपछि जरिवाना वा सजायको प्रक्रिया अगाडी बढाउँछौँ-उनले भने- “उस्तै परे साधन नै जफत गछौँ ।"

यता सो विषयमा बुझ्न शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङलाई टेलिफोन गरिए पनि उनको फोन उठेन भने उप मेयर सविता रसाइलीले यस विषयमा आफुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिइन् । स्थानियहरुले भने मेयर ,उपमेयर ,वडाध्यक्ष लगायत सवैलाई जानकारी भए पनि केहि थाहा नर्भ जस्तो गरी मौन रहदाँ समस्या आइरहेको  गुनासो गरे। उक्त स्थानबाट पटक पटक अवैध रुपमा ढुङ्गा ,गिटी बालुवा झिक्ने गरिदाँ स्थानिय नर्सरीका वासिन्दाहरुको जग्गा जमिन र वस्ती समेत जोखिममा पर्दै गएको एक स्थानियले बताए ।