आजको मिती : २०७५ असार ११ सोमबार

समय :११:४५

Logo

स्थानीय

Image

कौराहा नृत्यको डकुमेन्ट्री फिल्म निमार्ण हुने


राज कुमार आले 
दुलेगौँडा ।

मगर संस्कृतिमा आधारित कौराहा नृत्यको डकुमेन्ट्री फिल्म निमार्ण हुने भएको छ । मौलिक कौराहा संरक्षण समितिले निमार्ण गर्न लागेको डकुमेन्ट्रीको शनिबार तनहुँको ऋषिङ गाँउपालिका-८, माझकोटमा एक समारोहकाबीच फिल्मको शुभमुर्हत गरिएको छ ।

डकुमेन्ट्री फिल्म निर्माण संयोजक तारामाया थापामगरको अध्यक्षतामा आयोजित शुभ महुर्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल मगर संघ केन्द्रीय अध्यक्ष नवीन रोका मगरले मौलिक कौराहा मगर समुदायबाट सुरु भएपनि अन्य जातिहरुमा समेत पछिल्लो समय लोकप्रिय र प्रचलनमा रहेको हुँदा यो संस्कृति राज्यकै सम्पत्ति भएकाले यसको मौलिकता बचाउन राज्यले पनि ध्यान दिनुपर्ने बताएका थिए ।

 

 


उक्त कार्यक्रममा ऋषिङ् गाँउपालिका प्रमुख राजेन्द्र कृष्ण श्रेष्ठले मगरहरुको कौराहा ऋषिङकै सम्पत्ति भएकाले कौराहाको संरक्षण र विकासमा गाँउपालिकाले विशेष प्राथमिकता दिने बताए ।त्यस्तै घिरिङ गाँउपालिका प्रमुख रन बहादुर थापाले बन्न लागेको डकुमेन्ट्री एउटा दस्तावेज भएकाले मौलिकतालाई विशेष ध्यान दिएर निमार्ण गर्नु पर्नेमा जोड दिए ।उनले कौराहालाई आर्थिक उपार्जनसंग जोड्नु पर्ने बताउँर्दै आफ्नोतर्फबाट सक्दो साथ रहने प्रतिवद्धता जनाए ।


कार्यक्रममा मौलिक कौराहा संरक्षण समितिका अध्यक्ष हर्क आले ,जिल्ला मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापा ,कौराहा विज्ञ यम बहादुर आले ,मौलिक कौराहा समितिका संरक्षक छ्याम बहादुर थापा , नेपाल मगर चलचित्र संघका अध्यक्ष युवराज थापा ,मगर संघ हङकङकी अध्यक्ष युग माया थापा ,यु।के मगर संघका अध्यक्ष नेम थापा मगर ,ऋषिङ गाँउपालिका उपाध्यक्ष गिनु थापा , नेपाल मगर संघ शुक्लागण्डकीका अध्यक्ष खड्क सिं थापा लगायतले कौराहाको मौलिकता र मगर भाषालाई समेत केहि अंश समेटेर डकुमेन्ट्री निमार्ण गर्न सुझाव दिर्दै आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने बताएका थिए ।मौलिक कौराहा संरक्षण समितिका केन्द्रिय सदस्य रिमबावु राना मगरले स्वाग गरेको कार्यक्रमको संचालन सचिव नन्दु थापा मगरले गरेका थिए ।कार्यक्रममा नेपनल मगर विद्यार्थी संघ तनहुँका अध्यक्ष रितु आलेको नेतृत्वमा मौलिक कौराहा नृत्य प्रस्तुत गरिएको थियो ।

 

 


पछिल्लो समय विदेशी संस्कृति भित्रिएको र भएका संस्कृतिहरु लोप हुदै गइरहेको अवस्थामा मगर जातिको विभिन्न नृत्यमध्ये लोकप्रिय नृत्य कौराहाको संरक्षण गर्ने उद्देश्यले डकुमेन्ट्री निमार्ण गर्न लागिएको मौलिक कौराहा संरक्षण समितिका अध्यक्ष हर्क आलेले बताए । डकुमेन्ट्रीको निर्देशक समेत रहेका आले मगरले तनहुँको ऋषिङ अन्र्तगत माझकोट र अर्थलछाप लगायतका क्षेत्रमा छायांकन गरिने डकुमेन्ट्रीे एक महिनाभित्र सवै काम सक्ने लक्ष्य लिएको बताए । डकुमेन्ट्रीको मुख्य कलाकारमा रविन्द्र थापा मगर, सविता राना ,सरुना थापा ,सृजना आले लगायत गरी करिब ४२ जना कलाकारको अभिनय रहनेछ ।मगरको संस्कति ,भुगोल, स्थानिय रहन सहन ,पेसा ,व्यवसाय ,ऋषिङको प्राचिनकाल देखि वर्तमान्सम्मका जीवन शैलिहरुको विषयहरु समेटिने निर्देशक आलेले बताए ।