आजको मिती : २०७५ पौष २ सोमबार

समय :०४:२२

Logo

स्थानीय

Image

तनहुँ सेवा हस्पिटलले संचालन गरेको निशुल्क स्वास्थ्य शिविरमा १ सय बढीको स्वास्थ्य परीक्षण

दुलेगौँडा।

तनहुँ सेवा हस्पिटल प्रालि दुलेगौँडाले चौथो बार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत निशुल्क स्वास्थ्य शिविर कार्यक्रम शनिबार सम्पन्न गरेको छ । शुक्लागण्डकी-३ उदेनढुङ्गास्थित दिवस माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा बनकेवा ,भण्डारीगाँउ ,उदेनढुङ्गा र कालिम¥याङका गरी करिब १ सय १४ जना विरामीहरले स्वास्थ्य परीक्षण गराएका थिए ।शिविरमा हाडजोर्नी ,नशा ,प्यारालाइसिस् ,पेट ,मुटु ,छाती ,ग्यास्ट्रिक ,थाइराइड, पत्थरी तथा सर्जरी लगायतका रोगहरुको स्वास्थ्य परीक्षणसंगै निशुल्क औषधी समेत वितरण गरिएको थियो । शिविरमा एमविविएस डा। प्रकाश राउत ,हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा। बुद्धिराज गुरुङ, डा। आन्नद भट्टराई  र फिजिसियन डा। रोश्नी गुरुङले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।


यस अघि भएको औपचारिक कार्यक्रम दिवस माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर थापाको सभापतित्वमा शुरु भएको थियो । कार्यक्रममा स्थानिय वयोवृद्ध ९८ बर्षिय गणेश बहादुर राउत प्रमुख अतिथि रहेका थिए । अस्पताल संचालक समितिका अध्यक्ष हरि बहादुर खड्काले कार्यक्रमबारे प्रकाश पार्दे अस्पताल नाफामुखी नभई जनताको सेवामा समेत तल्लीन रहेको बताए । उनले हरेक बर्ष अस्पतालले ग्रामिण भेगका स्थानियहरुलाई लक्षित गरी शिविर संचालन गर्दै आएको बताउँदै शिविरले स्थानियहरुको स्वास्थ्य बारे सचेत रहन र स्वास्थ्योपचारमा समेत सहयोग पुगेको दाबी गरे । विद्यालयका प्रधानाध्यापक सोमलाल रिमालले स्वागत गरेको शिविरमा स्थानिय गोकर्ण पुंवरले कार्यक्रमको संचालन गरेका थिए ।

 

 

कार्यक्रममा स्थानिय वयोवृद्ध ९८ बर्षिय गणेश राउतले मेडिकल बक्स हस्तान्तरण गरी शिविरको शुभारम्भ गरिएको थियो । स्थानिय आमा समुह ,टोल विकास संस्था र भण्डारी गाँउ,उदेनढुङ्गा तथा कालिका युनाइटेड युथ क्लब कालिम¥याङको विशेष सहयोगमा शिविर सम्पन्न भएको हो।