आजको मिती : २०७५ असार ११ सोमबार

समय :११:४५

Logo

स्थानीय

Image

शुक्लागण्डकीमा जडिबुटि तथा आयुर्वेद सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

ममता गुरुङ ,

दुलेगौँडा ।

लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनको आयोजनामा जडिबुटि तथा आयुर्वेद सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ स्थित तालडाँडा सामुदायीक वनको सभाहलमा शनिबार भएको कार्यक्रममा प्रमुख अतिथि एवंम जडिबुटि बिशेषज्ञ महेन्द्रमान व्यतितले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण गर्दै व्यतितले नेपालमा मात्र नभएर विदेशी मुलुकले पनि आयुर्वेदलाई महत्व दिँदै आएको चर्चा गर्दै जडीबुटी तथा वनस्पतिको प्रयोग, उत्पादन र भण्डारणको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने धारणा राखे । उनले ऋतु परिवर्तन हुदा अपनाउनु पर्ने आहार विहारको बारेमा जानकारी दिदै सामान्य रोगको बिषय र स्थानिय जडिबुटी संरक्षणको बिषयमा पनि विशेष जानकारी दिए ।   

 

 


क्लबका अध्यक्ष दिर्घ बहाद्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष दुर्गा कुमार श्रेष्ठले विश्वभर यस पद्धतिको लोकप्रियता व्यापक हुँदै गईरहेको बताए । यसैगरी डिस्ट्रीक कमिटि चियर पर्सन बिमल प्रसाद रिमाल ,द्धितिय उपाध्यक्ष लायन लाल बहादुर श्रेष्ठ लगाएतले आयुर्वेद औषधीले मानव स्वास्थ्यमा नकरात्मक असर नपार्ने हुदा आयुर्वेद औषधीको सम्बद्र्धन एवं सदुपयोग गर्नुपर्ने बताए। 
कार्यक्रममा ‘आयुर्वेद, परम्परागत चिकित्सा, महिला बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्य संरक्षण र प्रवद्र्धन गर्न, समुदायमा काम गरिरहेका कृषकलाई जडिबुटी सम्बन्धि ज्ञान, जडिबुटीको संरक्षण, र वनस्पतिजन्य स्रोत जडिबुटीहरूको बारेमा जानकारी दिन उद्धेश्यले कार्यक्रम आयोजना गरीएको सचिव कमल गैह्रेले बताए । सचिव कमल गैह्रेले सञ्चालन गरेको कार्यक्रममा टोल संस्थाका प्रमुख एवं प्रतिनीधि र स्थानीय कृषकहरुको  सहभागीता रहेको थियो ।