आजको मिती : २०७५ श्रावण ३१ बिहीबार

समय :०७:१९

Logo

मनोरञ्जन

Image

म्युजिक भिडियोमा जम्दै सिर्जना

शिब आले मगर

दुलेगौडा ।

नेपाली मोडलिङ क्षेत्रमा भर्खरै प्रवेश गरेकी मोडल हुन् सृजना गुरुङ । यहि क्षेत्रमा भविष्य देखेकी उनी पछिल्लो समय म्युजिक भिडियोहरुमा व्यस्त बनेकी छिन् । तनहुँ शुक्लागण्डकी १० खोरादीमा जन्मेकी २० बर्षिय गुरुङ मोडलिङ् क्षेत्रमा रमाउँर्दै यसैमा भविष्य निमार्ण गर्ने सोचमा छिन् । ५ फिट ३ इन्च उचाई भएकी मोडल गुरुङको पछिल्लो समय व्यस्तता पनि बढदै गएको छ । उनले दुई बर्ष अगाडी मौसम गुरुङ र पुर्णकला बिसीको स्वरमा बजारमा आएको चर्चित लोक दोहोरी गीत ‘म चाहान्थे मायाको भलाई’ बाट मोडलिङ यात्रा सुरु गरेकी हुन् । यो अवधिमा गुरुङले लोकदोहोरी तथा आधुनिक गीतमा गरी करिब १ दर्जन भिडियोमा मोडलिङ गरि सकेकी छिन् । आधुनिक गीत संगितमा कुनै समय एकछत्र राज गरेकी चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘भुल्न खाजे तिमिलाई भुल्नै गाह्रो हुदोँ रैछ ’ मा उनले गरेको अभिनयलाई धेरैले रुचाए ।
त्यस्तै अर्का चर्चित गायक दिपक लिम्बुको स्वारमा बजारमा आएको ‘जिन्दगी तिमीमा’ पनि मोडलिङ गर्दै दर्शक माझ राम्रै छाप छाड्न सफल भइन् भने आफ्नो अभिनय कलालाई अझ निखार्ने र तिखार्ने मौका पाइन्।


अहिले विभिन्न स्थानमा हुने  मेला महोत्सवमा प्रस्तुतीको लागी पुग्ने गरेकी छन् ।सानैबाट नृत्यमा अब्बल सिर्जना भन्छिन् ‘ कलाकारिताको क्षेत्रमा नाम चम्काएरै छाडछु ।’ यसैमा भविष्य बनाएकोहरु देखेको छु ।मेरो लक्ष्य पनि यसै क्षेत्रमा सफल हुने हो ।"त्यसो त लोक, आधुनिक सबै खालका गीतमा मोडलिङ गरिसकेकी सिर्जनाको मोडलिङमा मात्रै सीमित हुने उनको सोच छैन । राम्रो भूमिका पाए चलचित्रमा समेत अभिनय गर्ने उनले बताइन् ।म्युजिक भिडियोमा व्यस्त हुदै गर्दा चलचित्रमा पनि अफर आए होलान्नि त भन्ने हाम्रो प्रश्नको जवाफमा उनले चलचित्रमा पनि अफर आएको तर  आफुले चाहेको जस्तो कथा र भुमिका नभएकाले अस्विकार गरेको बताइन् ।