आजको मिती : २०७५ असार ८ शुक्रबार

समय :०३:०५

Logo

खेलकुद

Image

खैरेनीटारमा जारी खुल्ला भलिबलमा भिमाद पराजित ,शनिबार ढोरफिर्दी र म्याग्दे भिड्ने

चैत्र १६ ,दुलेगौँडा ।

तनहुँको खैरेनीटारमा जारी दशौँ खैरेनीटारको महोत्सवमा आयोजीत खुल्ला भलिबल प्रतियोगाीतामा शुक्रबार ३ खेल सम्पन्न भएका छन । पहिलो खेलमा देउराली क्लब लमजुङ्ग विजय भएको छ । देउरालीले २५-१९ ,२२ -२५ ,२५ -२३ ,२५ -२३ को सेटमा रिकल बी थ्रीलाई पराजीत गरेको हो । त्यस्तै गरी दोस्रो खेलमा पश्चिम पृतना बी ले भिमाद नगरपालिकालाई २५ -२३ ,२५-१९ ,१५ -२५ ,२५ -१८ को अन्तरमा पराजित गरेको छ ।

अन्तिम खेलमा  शुक्लागण्डकी फिरफिरे विजय भएको छ । फिरफिरेले पश्चिम पृतना ए लाई १३ -२५ ,२५-१३ ,२५-२३ ,२५-२२ को सेटमा पराजित गरेको हो । प्रतियोगीतामा शनिवार ढोरफिर्दी र म्याग्दे गाउँपालिका साथै देउराली क्लब लमजुङ्ग र घिरिङ्ग गाउँपालिकाबीच हुनेछ । खेल बिहान ७ ३० बजेबाट हुनेछ ।प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेतालाई ६० हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाण पत्रले पुरस्कृत गरिने महोत्सवका खेल संयोजक प्रेम बहादुर श्रेष्ठले जानकारी दिए।