आजको मिती : २०७५ असार ८ शुक्रबार

समय :०३:२४

Logo

मनोरञ्जन

Image

मिस मगर सिजन २ को टाईटल वर्षालाई , हिरोको ड्यास स्कुटर प्राप्त गरिन

चैत्र २३ ,दुलेगौँडा :- मिस मगर सीजन २ को टाइटल  वर्षा आले मगरले जितेकी छन् । शुक्रबार  भएको ग्रान्ड फीनालीमा ११ जना लाई पछि पादैँ शुक्लागण्डकी  ८ मालेबगर निवासी १७ वर्षिय आलेले टाइटल जितेकी हुन । प्रमुख निर्णयक सुरज थापा मगरले यदी तपाईले मिस मगरको तनहुँ २०१८ को उपाधि जित्यो भने अन्य युवतीलाई यस्तो कार्यक्रममा उपस्थित हुनको लागि कसरी प्रेरणा दीनु हुन्छ भनि सोधेको प्रश्नमा उनले उत्कुष्ट जवाफ दीदैँ उपाधि चुमेकी हुन् ।  उनले हीरोको ड्यास स्कुटरको साथमा आकर्षक गीफ्ट ह्रयामपर प्राप्त गरे । उनले उपाधि सँगै मष्ट डीस्पीलिन अवार्ड हात पारे । उनी अहिले पञ्चमुनिदेब माध्यमिक विधालयमा कक्षा ११मा अध्यनरतm रहेकी छन् । यस्तै गरी फस्ट रनर अप पुष्पा थापा मगर , सेकेन्ड रनर अप सुमिका थापा मगर घोषित भईन । उनीहरुले क्रमश ५० हजार र ३० हजार रुपैँया हात पारे । त्यसै गरी मुना थापा मगरले पीपुल च्वाइस अवार्ड, मोष्ट ट्यालेन्ड अवार्ड र वेष्ट डीजाईनीङ्ग अवार्ड जितेकी छन् ।यस्तै गरी मष्ट फ्रेन्डली अवार्ड रविना थापा मगर ,मष्ट पङ्गचल अवार्ड इर्शा थापा , बेष्ट ईस्माइल समिता थापा मगर ,वेष्ट हे्यर रितु आले मगर भएकी छन् करिब २ महिना लामो बन्द प्रशिक्षण पश्चात शुक्रबार दमौली पार्टी प्यालेसमा  फीनाली भएको हो । न्यु क्रियशन इभेन्ट म्यान्जमेन्ट ले प्रतियोगीताको आयोजना गरेको हो ।